मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छः मन्त्री खरेल

बुधबार, १६ पुस २०८२, १६ : २७
बुधबार, १६ पुस २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्य अवधि जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताएका छन् ।

बुधवार विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खरेलले यस्तो बताएका हुन् । उनले बोर्डका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएर प्रक्रिया अघि बढाउँदा निष्पक्षता कायम हुने भन्दै उक्त व्यवस्था राख्ने प्रस्ताव गरे ।

उनले चलचित्र विकास बोर्डका अध्यक्षलाई आर्थिक तथा प्रशासनिक रूपमा कार्यकारी अधिकारसहित जिम्मेवारी दिने व्यवस्था विधेयकमा राखिएको भन्दै बोर्डलाई प्रदान गरिने स्वायत्ततामा कुनै समस्या नरहेको बताए । 

उनले विधेयकमा चलचित्रसम्बन्धी विधा र क्षेत्र स्पष्ट रूपमा विधेयकमा समेट्न सकेमात्र चलचित्र उद्योगलाई थप व्यावसायिक बनाउन सकिने बताए । उनले कलाकारिता बहुआयामिक क्षेत्र भएको भन्दै विधेयकमा कलाकारिताको सट्टा चलचित्र कलाकारिता राखेर जानुपर्ने प्रस्ताव पनि गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप