भारतको बिहारबाट ७ महिला र बालबालिकाको उद्धार
काठमाडाैँ । भारतको बिहार राज्यको विभिन्न स्थानबाट ७ जना महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको छ । बालश्रममा लगाउन, भिख माग्ने काममा लगाउन तथा विवाहको झुटो प्रलोभन दिएर मान बेचविखनका लागि भारत लगिएको अवस्थामा ती महिला तथा बालबालिकाहरुलाई उद्धार गरिएको किन इण्डियाका नवीन जोशीले जानकारी दिए ।
रोटरी क्लब अफ पाटन दरबार स्क्वायर, रोटरी क्लव अफ बानेश्वर, शुभ अवसर ग्राम नेपाल, नेपाल प्रहरी लगायतको संघ संस्थाको सहयोगमा ती महिला तथा बालबालिकाहरुलाई बिहारको विभिन्न स्थानबाट उद्धार गरिएको उनले बताए ।
सप्तरीको डाक्नेश्वरी गाउँपालिका ३ का १६ वर्षिय मोहम्मद अजिज मिया, सप्तरीको शम्भुनाथ नगरपालिका ९ की १५ वर्षिया ज्योती मुखियालाई रौतहटको चन्द्रपुर नगरपालिका २का १४ वर्षाीय निमेष माझीलाई बिहारको दरभंगा, धनुषाको दरखोरिया विर्ताका १४ वर्षीय विष्णु सदा, १० वर्षीय सुरज सदालाई बिहारको मधुवनी, सप्तरी मानराजाका ११ वर्षीय बचनकुमार सदाय र बारा कलैया उपमहानगरपालिका १४ कि ३३ वर्षीया संगिताकुमारी जयसवाललाई पूर्णियाबाट उद्धार गरिएको हो ।
सानै उमेरमा घर छोडेर बाहिर जाने परिपार्टी पछिल्लो समय बढ्दै गइरहेकोले यो समस्या जटिल बन्दै गइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख गोविन्द थपलियाले बताए । प्रमुख मधेस मधेसमा बालबालिका हराएको उजुरी दैनिक रुपमा आउने गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
समयमै बालबालिका हराएको उजुरी नआउँदा हराएका बालबालिकाहरुलाई खोज्न समस्या हुने गरेको प्रहरीले जनाएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण