आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी बनेर ठगी गरेको आरोपमा २ जना पक्राउ

बुधबार, १६ पुस २०८२, १७ : ५१
बुधबार, १६ पुस २०८२

सारांश

  • काठमाडौंमा प्रहरी बनेर ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा बाबु लामा र प्रकाश तामाङ रहेका छन्, उनीहरूले विभिन्न औषधी पसलमा ठगी गरेका थिए।
  • प्रहरीले उनीहरूमाथि ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । काठमाडौँमा प्रहरी बनेर ठगेको आरोपमा दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले गोकर्णेश्वर नगरपालिका–६ बाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–५ घर भएर गोकर्णेश्वर बस्ने ३७ वर्षीय बाबु लामा र दोलखाको मेलुङ गाउँपालिका–६ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय प्रकाश तामाङ छन् । 

उनीहरुले काठमाडौँका विभिन्न औषधी पसलहरूमा गएर ‘लागुऔषध ब्यूरोबाट आएका प्रहरी हौँ’ भनेर खानतलासी लिने र रकम माग्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

रकम माग्दै उनीहरुले धम्की समेत दिने गरेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरी हुँ भनेर उनीहरुले औषधी पसल सञ्चालकहरूलाई हैरानी दिने गरेको भेटिएको छ ।’ 

पक्राउ परेकाहरूमाथि ६ दिनको म्याद लिएर प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप