बागमती मन्त्रिपरिषद बैठक : दुई समिति गठन आदेश पारित
मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज अपरान्ह बसेको बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ । सो बैठकले पारित गरेको समिति गठन आदेश मध्ये नव बुद्धपार्क क्षेत्र विकास समिति र त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति रहेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए ।
सोही बैठकले प्रदेशभित्र सञ्चालनमा रहेको सवारी साधनको केही दस्तुर, कर र जरिवाना छुट दिने निर्णय गरेको छ । बैठकले प्रदेशमा विपन्न नागरिक आकस्मिक उपचार सेवाका लागि रक्तसञ्चार सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको प्रवक्ता तामाङले जानकारी दिए ।
साथै बैठकबाट रामेछाप जिल्लाको सुनापारी गाउँपालिका–४ को वडा विभाजनसम्बन्धी प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको छ । यसैगरी बागमती प्रदेशको मन्त्रिपरिषद् कार्यालयमा जीवराज बस्याल र गीता हुमागाईलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी तथा सदस्यद्वय यतिराज सापकोटा र यज्ञराज दाहालले दिएको राजीनामा स्वीकृत गरिएको सरकारका प्रवक्ता तामाङले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण