यी दुई कारणले चार दिनमै ११ हजारले घट्यो सुनको मूल्य
सारांश
- सुनको मूल्य चार दिनदेखि लगातार घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको छ, जुन ११ हजारको गिरावट हो।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुको मुख्य कारण अमेरिकी एक्सचेञ्जले मार्जिन दर बढाउनु हो।
- लगानीकर्ताले नाफा बुक गर्दा पनि सुनको मूल्यमा गिरावट आएको छ।
काठमाडौं । सुनको मूल्य चार दिनदेखि लगातार घटेको छ । नेपाली बजारमा प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँको ऐतिहासिक उचाइमा पुगेको सुनको मूल्य यतिबेला घटेर २ लाख ५९ हजार ६०० रुपैयाँमा झरेको हो । यो ११ हजारको गिरावट हो ।
नेपाली बजारमा सुनको मूल्य घटबढको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारको मूल्यसँग हुने गरेको छ । आइतबार अर्थात् २८ डिसेम्बरको दिन सुनको अन्तर्राष्ट्रिय मूल्य प्रतिऔंस ४५३० अमेरिकी डलर पुगेको थियो । बुधबार ४३१७ अमेरिकी डलरमा झरेको छ । यसैको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिएको हो ।
तर अन्तराष्ट्रिय रुपमा चाहिँ सुनको मूल्य किन घट्यो त ? यसका पछाडि दुईवटा कारण रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चार संस्था सीएनबीसीका अनुसार अमेरिकी कमोडिटिज एक्सचेञ्ज संस्था सिकागो मर्कन्टाइल एक्स्चेञ्ज (सीएमई) ले बहुमूल्य धातुको मार्जिन दर बढाउनु यसको मुख्य कारण हो ।
बजारमा मूल्य बढ्दै जाँदा जोखिम समेत बढेपछि सीएमईले धातुजन्य वस्तुको खरिदमा खरिदकर्ताले राख्नुपर्ने मार्जिन बढाइदिएको थियो । यसले गर्दा लगानीकर्ताले मार्जिन कायम गर्न सुन बेच्नुपर्ने अवस्था भयो । जसले मूल्य घटाइदियो ।
अर्को कारण चाहिँ नाफा बुकिङ रहेको बताइएको छ । सन् २०२५ मा मात्रै सुनको अन्तर्राष्ट्रिय मूल्यमा ६६ प्रतिशत वृद्धि भइसकेको छ । नयाँ वर्ष लाग्दैगर्दा सुनमा लगानी गर्ने यस्ता संस्थाले सुन बेचेर नाफा बुकिङ गर्न थालेकोले पनि बजारमा मूल्य गिरावट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले विश्लेषण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण