मधेसका सामाजिक–राजनीतिक कथाबस्तुमा बन्यो फिल्म 'प्रतिवैरम'
सारांश
- मधेसको सामाजिक-राजनीतिक कथामा आधारित फिल्म 'प्रतिवैरम' को टिजर सार्वजनिक भयो।
- १ मिनेट २९ सेकेन्ड लामो टिजरले मधेसका सामाजिक र राजनीतिक विषयवस्तुलाई उजागर गरेको छ।
- फिल्ममा सम्राट् दास, सुप्रज्ञा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ, र यो नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण भएको छ।
काठमाडौँ । मधेसका सामाजिक–राजनीतिक वास्तविक कथा समेटिएर बनेको फिल्म हो 'प्रतिवैरम' । राजधानीमा एक कार्यक्रमका बिच फिल्मको टिजर सार्वजनिक गरिएको छ । १ मिनेट २९ सेकेन्ड लामो टिजरले मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तु उजागर गरेको छ । एक्सन समेत समेटिएको टिजरमा मधेसमा हुने अपराधको विषयमा पनि अटाएको छ ।
फिल्ममा सम्राट् दास, सुप्रज्ञा शर्मा, बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह,नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारको अभिनय छ । फिल्मका निर्देशक रोशन दाश हुन् ।
कार्यक्रममा निर्देशक दासले मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई यथार्थपरक ढंगले फिल्ममा पस्किएको बताए । उनले फिल्म मदेशका वास्तविक जीवन र संवेदनालाई भेट्न सकिने दाबी गरे ।
कार्यक्रममा फिल्मका सम्राट्, सुप्रज्ञालगायतले अभिनय अनुभव साटेका थिए । रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा निर्माण भएको फिल्म नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको हो । फिल्मको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन् । फिल्म २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी गरिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण