धनकुटा । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतका लागि पूर्वी नेपालको प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लागेको छ। नयाँ वर्ष मनाउन बुधबार साँझदेखि नै भेडेटारका होटलहरू भरीभराउ भएका छन् भने बिहीबार बिहानैदेखि पर्यटकहरूको आवागमन उल्लेख्य रूपमा बढेको छ।
_rbhZ2bBAan.jpg)
विशेष गरी भेडेटारमा सञ्चालित १३औँ भेडेटार फुड फेस्टिभल र यहाँको नयाँ आकर्षण स्काइवाक का कारण यस वर्ष पर्यटकको संख्यामा वृद्धि भएको हो। स्काइवाकको अनुभव लिन र नयाँ वर्षको उत्सव मनाउन कोशी प्रदेशका धरान, इटहरी, विराटनगरका साथै झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम र खोटाङ लगायतका जिल्लाहरूबाट ठूलो संख्यामा पर्यटक आएका छन्।
_OeTmquRF2x.jpg)
यसैगरी, छिमेकी मुलुक भारतको दार्जिलिङ, सिलगुढी र विहार लगायतका क्षेत्रबाट पनि उल्लेख्य मात्रामा पर्यटकहरू भेडेटार पुगेका छन्। होटल एसोसिएसन अफ भेडेटारका अनुसार फेस्टिभल अवधिभर करिब ६० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ।
_d9ZLOn14xq.jpg)
_Rv9jNLCuSa.jpg)
_cjSuqFST3p.jpg)
_7xrEuVNFSO.jpg)
_VmPmo9hFhW.jpg)
_lX3xqPwthJ.jpg)
_gbodSlJXyJ.jpg)
_rhojmRvh6n.jpg)
_fJkaNyWjGJ.jpg)
_sXtTodVZl6.jpg)
_Ti7XNSDKxZ.jpg)
_tz976bzdKn.jpg)
_J6nJp6pIzi.jpg)
_vXK69TazDF.jpg)
_k1j9neQXlY.jpg)
_ZigCKGFJlV.jpg)
_YBgmmFOMhL.jpg)
प्रतिक्रिया