९ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ
बिहीबार, १७ पुस २०८२, १५ : ००
मोरङ । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाइएका एक फरार प्रतिवादीलाई मोरङ प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ।
मोरङ जिल्ला अदालतले २०७३ चैत २७ गते दोषी ठहर गर्दै कैद सजाय तोकेका मिक्लाजुङ गाउँपालिका वडा नं. ५ का ४६ वर्षीय ‘डि.बी.’ भन्ने डिग बहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो।
अदालतको फैसलापछि विगत ९ वर्षदेखि लुकिछिपी बस्दै आएका राईलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष टोलीले बिहीबार उनकै घरबाट नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका राईलाई आवश्यक कानुनी कारबाही र कैद भुक्तानका लागि मोरङ जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक कोपिला चुडालले जानकारी दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थमन विक हत्या प्रकरण : एमाले नेता कोइरीलाई पाँच वर्ष कैद सजाय
-
पोखरा महानगरको बजेट पारित
-
‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
-
वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण