एटिएम तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
बिहीबार, १७ पुस २०८२, १५ : ५१
सारांश
- ललितपुर प्रहरीले एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा १९ वर्षीय सरोज पाख्रिन र १८ वर्षीय सुनिल विक रहेका छन्।
- उनीहरूले ललितपुरको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए, प्रहरीले जनाएको छ।
काठमाडौँ । प्रहरीले ललितपुरबाट एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–३ घर भएर सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भएर धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् ।
बुधबार राति उनीहरुले ललितपुर महानगरपालिका–१४ स्थित टुटेपानीमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । प्रहरी वृत्त सातदोबाटोले उनीहरूबारे अनुसन्धान गर्दैछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण