रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको युक्रेनी ड्रोन खसालिएको क्रेमलिनको दाबी
बिहीबार, १७ पुस २०८२, २३ : ०८
सारांश
- रुसले राष्ट्रपतिको निवासमाथि आक्रमण गर्ने युक्रेनी ड्रोन खसालेको दावी गरेको छ।
- ड्रोनको विश्लेषणले राष्ट्रपति पुटिनको निवासलाई निशाना बनाएको देखिन्छ।
- अनुसन्धान सामग्री थप पुष्टिका लागि अमेरिका पठाइने भएको छ।
काठमाडौँ । राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रुसी प्रतिरक्षा प्रणालीले खसालिदिएको रुसले दाबी गरेको छ ।
नोभगोरोड क्षेत्रमा सोमबार खसालिएको युक्रेनी ड्रोनबारे रुसी विश्लेषणले यसले राष्ट्रपति पुटिनको निवासलाई लक्षित गरेको देखाएको क्रेमलिनले जनाएको छ।
मन्त्रालयका अनुसार ड्रोनको नेभिगेसन प्रणालीको विशेष प्राविधिक जाँचका क्रममा विशेषज्ञहरूले विमान (ड्रोन) मा लोड गरिएको फ्लाइट मिसन फाइल निकाल्न सफल भएका र विमानको तथ्याङ्कको विश्लेषणले नोभगोरोड क्षेत्रमा राष्ट्रपति निवासको कुनै एक भागलाई निशाना बनाएको देखाएको छ ।
मन्त्रालयले अनुसन्धानका क्रममा प्राप्त सामग्रीहरू स्थापित सञ्चार च्यानलहरूमार्फत थप पुष्टिका लागि संयुक्त राज्य अमेरिका पठाइने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण