हवाई जहाजको अधिकतम भाडादर समायोजन, कुन रुटमा कति घट्यो मूल्य ? (सूचीसहित)
सारांश
- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको इन्धन शुल्क घटाएको छ।
- हवाई इन्धनको मूल्य घट्दा प्राधिकरणले शुक्रबार नयाँ इन्धन शुल्क निर्धारण गरेको हो।
- काठमाडौँ-धनगढी रुटमा सबैभन्दा धेरै २६५ रुपैयाँले शुल्क घटेको छ।
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको छ । हवाई इन्धनको मूल्यमा घटेपछि प्राधिकरणले यस्तो सरचार्ज समायोजन गरेको हो ।
नेपाल आयल निगमले बुधबार हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ कटौती गरेको थियो । यसको आधारमा प्राधिकरणले शुक्रबार नयाँ इन्धन शुल्क निर्धारण गरेको हो । योसँगै हवाई जहाजको अधिकतम भाडा दर घटेको छ ।
प्राधिकरणका अनुसार ट्रंक रुटका लागि प्रतिमिनेट ६८.०९ रुपैयाँ र दुर्गम क्षेत्रका लागि प्रतिमिनेट ४८.६४ रुपैयाँ इन्धन शुल्क कायम गरिएको छ।
कुन रुटमा कति घट्यो भाडा ?
नयाँ भाडा दर अनुसार काठमाडौँबाट हुने उडानमा सबैभन्दा धेरै धनगढी रुटमा २६५ रुपैयाँले शुल्क घटेको छ भने सबैभन्दा कम सिमरा रुटमा ५५ रुपैयाँले घटेको छ । काठमाडौँबाट उडान भर्ने रुटमा देहाय बमोजिमको सरचार्ज शुल्क घटेको छ ।

उल्लेखित बाहेक माउन्टेन फ्लाइटमा २१० रुपैयाँ, काठमाडौँ–लुक्ला ८० रुपैयाँ, काठमाडौँ–जोमसोम १२० रुपैयाँ, काठमाडौँ–फाप्लु ७० रुपैयाँ, काठमाडौँ–जुम्ला १९० रुपैयाँ, नेपालगन्ज–सिमिकोट १२० रुपैयाँ फ्युल सरचार्जबापत समायोजन भएको छ ।
तत्काल भाडादरमा पर्दैन असर
प्राधिकरणले सरचार्ज बापतको शुल्क घटाए पनि यसको प्रत्यक्ष असर भने पर्ने छैन । अहिले एयरलाइन्स कम्पनीहरूले लिँदै आएको भाडा दर अधिकतम भाडा दर भन्दा निकै तल हुन्छ ।
उदाहरणको लागि काठमाडौँबाट धनगढीको अधिकतम भाडा १७ हजार रुपैयाँभन्दा माथि छ । तर अहिले सो रूपमा ८ हजार रुपैयाँ हाराहारी मात्रै लाग्ने गरेको छ । त्यसैले यसले प्रत्यक्ष रूपमा प्रभाव नपरे पनि हवाई ट्राफिक बढी हुने समयमा भने यसले मूल्यको सीमा कायम गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण