आयोगले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन भएनन् : अध्यक्ष मगर
काठमाडाैँ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरुले गरेका सिफारिसहरु सरकारबाट कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आयोगहरुले विभिन्न सिफारिसहरु गरे पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ । सबै आयोगहरुले गरेका सिफारिसहरु कार्यान्वयन हुनुपर्ने उनको माग छ । उनले आदिवासी जनजातिहरुलाई बसिरहेको स्थानबाट हटाउन राम्रो नरहेको पनि बताए ।
उनले भने, ‘आदिवासीहरुले जुन लाइनमा बसिरहेको छ, त्यो लाइनबाट हटाउनु हुँदैन । उनीहरुलाई हटाउनुपर्यो भने उनीहरुले पाउने सुविधान दिनुपर्छ । सन्धी ऐनले हाम्रो कानूनमा व्यवस्था नभएपनि अन्तर्राष्ट्रिय कानूनमा व्यवस्था छ, त्यो अनुसार हामी अघि बढ्नुपर्छ । हाम्रो सिफारिस कार्यान्वयन भइरहेको छैन । हामीले गरेको सबै आयोगबाट गरिएका सिफारिसहरु कार्यान्वयन होस् ।’
उनले आदिवासी जनजातिमाथि भोगाधिकारको असर पर्छ भने उनीहरुले क्षतिपूर्ति पाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण