महाधिवेशनको कार्यतालिकामा महामन्त्री थापाको फरक मत
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्ने कार्यतालिकामा फरक मत राखेका छन् ।
शुक्रबार नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ । पारित भएको कार्यतालिकामा महामन्त्री थापाले फरक मत राखेका हुन् ।
बैठकपछि पत्रकारहरूसँग आफूले फरक मत राखेको जानकारी दिए । ‘महाधिवेशनको कार्यतालिकामा फरक मत राखेको छु,’ थापाले पत्रकारहरूसँग भने ।
उनले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताए । तर, विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुने कि नगरी हुने भन्ने एक दुई दिनमा टुङ्गो लाग्ने महामन्त्री थापाले बताए । ‘पुस मसान्तभित्र महाधिवेशन हुन्छ । केन्द्रीय कार्यसमितिले निर्णय गरेर हुन्छ कि नगरी हुन्छ त्यो भने एक दुई दिनभित्र टुङ्गिन्छ,’ महामन्त्री थापाले भने ।
उनले केन्द्रीय कार्यसमितिभन्दा विधान ठुलो भएको बताए । विधानको कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको उनको भनाइ छ । केन्द्रीय कार्यसमितिले नगरे केन्द्रीय कार्यालयको नेतृत्व गर्ने महामन्त्रीले गर्ने थापाले बताए । ‘धारा १७(२)को पालना गर्छु, गर्छाैँ,’ महामन्त्री थापाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण