मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भन्सार नाकाहरूमा मूल्याङ्कनको सन्दर्भ पुस्तिका राख्ने परम्पराको अन्त्य भयो : अर्थमन्त्री

शुक्रबार, १८ पुस २०८२, २० : ४५
शुक्रबार, १८ पुस २०८२

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले कारोबार मूल्यमा आधारित भन्सार मूल्याङ्कन प्रणालीले भन्सार नाकाहरूमा मूल्याङ्कनको सन्दर्भ पुस्तिका राख्ने परम्पराको अन्त्य भएको बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । 

उनले तीन महिनाअघि परीक्षणको रूपमा विराटनगर भन्सार नाकाबाट प्रारम्भ गरिएको कारोबार मूल्यमा आधारित भन्सार मूल्याङ्कन प्रणाली क्रमिक रूपमा विस्तार गर्दै आज मुलुकभरिका भन्सार नाकाहरूमा प्रारम्भ गरिएको उनले बताए । 

उनले यस प्रणालीले नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । 

'भन्सार प्रशासनमा यो ठुलो परिवर्तन हो. यो व्यवस्थाले व्यवसायीहरूलाई इमानदार हुने वातावरण दिन्छ. नक्कली बिल–बिजक जारी गर्नुपर्ने बाध्यताको अन्त्य गर्छ । व्यवसायीहरू यो परिवर्तन अनुरूप इमानदार हुनुहुनेछ भन्ने विश्वास लिइएको छ,'अर्थमन्त्री खनालले भने । 

उनले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण गर्ने सोचसहित नयाँ चरणको भन्सार सुधार रणनीति तर्जुमा गर्ने कामको पनि प्रारम्भ भएको बताए ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप