सुर्खेत- २ मा एमालेले बनायो कुलमणि देवकोटालाई उम्मेदवार
शनिबार, १९ पुस २०८२, २० : ००
सारांश
- नेकपा एमाले सुर्खेतले क्षेत्र नम्बर २ बाट कुलमणि देवकोटालाई प्रतिनिधिसभाको उम्मेदवार बनायो।
- पार्टी बैठकले देवकोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो, जो एमाले सुर्खेतका अध्यक्ष पनि हुन्।
- यस क्षेत्रमा यसअघि नेपाली कांग्रेसका हृदयराम थानीले निर्वाचन जितेका थिए।
सुर्खेत । नेकपा एमाले सुर्खेतले क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उम्मेदवार कुलमणि देवकोटालाई बनाएको छ । शनिबार बसेको पार्टीको बैठकले उनलाई सर्वसम्मत उम्मेदवार बनाएको हो । उनको एकल नाम पार्टी केन्द्रमा सिफारिस गरिएको एमाले सुर्खेतका नेता गंगाराम तिमल्सिनाले बताए ।
देवकोटा एमाले सुर्खेत जिल्लाका अध्यक्ष समेत हुन् । उनी यामलाल कँडेल निकट नेता हुन् ।
यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट झकबहादुर मल्ल उम्मेदवार बनिसकेका छन् भने कांग्रेसले ६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । ०७९ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका हृदयराम थानीले जितेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण