गरिबी मेटाऊ, गरिब होइन’ भन्दै सुनसरी घटनाको विरोधमा प्रदर्शन
विराटनगर । सुनसरीको लौकीमा सुरक्षाकर्मीको गोली प्रहारबाट सिटी सफारी चालक विजय साहको मृत्यु भएको घटनालाई लिएर विराटनगरको सीमा क्षेत्रमा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।
जेनजी युवा समूह र सामाजिक अभियन्ताहरूको अगुवाइमा भएको उक्त प्रदर्शनमा सुरक्षाकर्मीको ज्यादती र बढ्दो महँगीविरुद्ध प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले ‘गरीबी मेटाऊ, गरिब होइन’, ‘बर्दीले हत्या ढाक्न पाउँदैन’, ‘गोली होइन, कानुन चलाऊ’ र ‘सीमामा मानव अधिकार चाहियो’जस्ता माग गरेका थिए । उनीहरूले सुनसरी घटनाका दोषीलाई कारबाही गर्न र मृतक विजय साहको परिवारलाई न्याय दिन माग गरेका छन् ।
प्रदर्शनका क्रममा सामाजिक अभियन्ता इशान खानले नेपालमा बढ्दो महँगीका कारण सर्वसाधारण मारमा परेको बताए । उनले भने, ‘नेपालमा सामानको मूल्य जोगबनीको तुलनामा दोब्बर छ, जसका कारण गरिब जनता दुई–चार किलो सामान ल्याउन सीमा पार गर्न बाध्य छन् । तर सीमामा उनीहरूलाई सुरक्षाको नाममा दमन गरिन्छ, महिलाहरूमाथि दुर्व्यवहार हुन्छ र घुसखोरी मौलाएको छ ।’
प्रदर्शनकारीहरूले कर न्याय नै सामाजिक न्याय हो भन्दै सरकारको कर नीतिको पनि आलोचना गरे । उनीहरूले ठुला तस्करहरू उम्किने र आफ्नो गुजाराका लागि सामान्य सामान ल्याउने सर्वसाधारणले गोली खानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरे ।
उनीहरूले आफ्नो शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् । उनीहरूले गृह मन्त्रालयलाई यस विषयमा गम्भीर हुन र सीमा सुरक्षाका नाममा नागरिकको ज्यान लिने कार्य बन्द गर्न आग्रह गरेका छन् ।
प्रदर्शनको नेतृत्व जेनजी अभियान्ता मोहम्मद जमशेद आलमले गरेका थिए ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण