पाथीभरा क्षेत्रमा हिमपात
शनिबार, १९ पुस २०८२, २२ : २०
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ ।
“पाथीभरा क्षेत्रमा बिहान एकपटक छार्के परेको थियो, साँझदेखि हल्का हिउँ पर्न थाल्यो, चिसो बढेको छ”, पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले भने ।
यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो । केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम धुम्मिएकाले जिल्लाभर चिसो बढेको छ । आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण