अमेरिकी सैनिक कारबाही आधुनिक सभ्यताको नाङ्गो उपहास: नेकपा (बहुमत)
सारांश
- नेकपा (बहुमत) ले भेनेजुएलाका राष्ट्रपतिविरुद्धको अमेरिकी कारबाहीको विरोध गरेको छ।
- पार्टीले यसलाई सार्वभौम राष्ट्रमाथिको साम्राज्यवादी आक्रमण र कायरतापूर्ण कदम भनेको छ।
- वक्तव्यमा प्राकृतिक स्रोतमाथिको कब्जा र युद्ध थोपर्ने कार्यको आरोप लगाइएको छ।
काठमाडौँ । नेकपा (बहुमत) ले भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो विरुद्ध गरिएको अमेरिकी सैनिक कारबाहीप्रति कडा विरोध र भर्त्सना गरेको छ । पार्टीले उक्त कारबाहीलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथिको साम्राज्यवादी आक्रमण भन्दै ‘विश्वलाई नै स्तब्ध बनाउने कायरतापूर्ण कदम’ को संज्ञा दिएको छ ।
शुक्रबार जारी प्रेस वक्तव्यमा नेकपा (बहुमत) ले सैन्य तागतको अहंकारमा गरिएको यो आक्रमण आधुनिक सभ्यताको नाङ्गो उपहास भएको उल्लेख गरेको छ । वक्तव्यमा भनिएको छ, ‘एउटा सार्वभौम राष्ट्रमाथि आक्रमण गरी सिंगो देशलाई हतोत्साहित गर्नु सभ्य मानिसका विरुद्ध सर्मनाक वितण्डता हो । अमेरिकी साम्राज्यवादको यो कायरतापूर्ण आक्रमणको हाम्रो पार्टी विरोध र भर्त्सना गर्दछ ।’
पार्टीले २१ औँ शताब्दीको साम्राज्यवादले विश्वभर युद्ध थोपर्दै प्राकृतिक स्रोत, विशेषतः खनिज र ऊर्जा क्षेत्र कब्जा गर्दै आएको आरोप लगाएको छ । साम्राज्यवादी हस्तक्षेपकै कारण विश्वभर असुरक्षित प्रवासन, महिलामाथि चरम हिंसा, बेचबिखन तथा पर्यावरणीय विनाश बढ्दै गएको उल्लेख गरिएको छ ।
वक्तव्यमा भेनेजुएलाको प्राकृतिक स्रोत, विशेष गरी खनिज तेलमाथिको साम्राज्यवादी लुट रोक्ने प्रयासकै कारण सुरक्षित आकाशबाट आक्रमण गरिएको दाबी गरिएको छ । ‘यही प्रकारको आक्रमण इरानमाथि गरिएको थियो र प्यालेस्टाइनको गाजा लगायत विश्वका अन्य कैयौँ देशहरूमा पहिलेदेखि हुँदै आएका छन्,’ वक्तव्यमा उल्लेख छ ।
_x8qtVU5PpU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण