अपडेट
२१ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
आइतबार, २० पुस २०८२, १० : ४२
सारांश
- आज सुनको मूल्यमा २ हजार १ सय रुपैयाँले गिरावट आएको छ।
- चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ।
- अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।
काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको हो ।
शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो । आइतबार यो मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार यो मूल्य ४ हजार ५०० रुपैयाँ कायम भएको छ ।
महासंघले अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ । शुक्रबार र शनिबार अन्तराष्ट्रिय बजारमा मूल्य सामान्य घट्दा यसको प्रभाव नेपाली बजारमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण