दाङमा डोङफेङको नयाँ शोरूम उद्घाटन
सारांश
- एमएडब्लु वृद्धिले दाङमा डोङफेङ इलेक्ट्रिक सवारी साधनको शोरूम खोलेको छ।
- नयाँ शोरूमको उद्घाटन एफएनसीसीआई दाङका वरिष्ठ उपाध्यक्ष र डोङफेङ मोटरका प्रबन्धकले गरे।
- कम्पनीले 'नामी भिगो' एसयूभी सार्वजनिक गर्यो, जसमा फास्ट चार्जिङ सुविधा छ।
दाङ । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले दाङमा अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ। राप्ती अटोमार्ट प्रा.लि.सँगको साझेदारीमा शनिबार आयोजित एक भव्य समारोहका बिच शोरूमको उद्घाटन गरिएको हो।
पश्चिम नेपालमा विद्युतीय सवारी साधनको पहुँच विस्तार गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको यस शोरूमको उद्घाटन एफएनसीसीआई दाङका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ र डोङफेङ मोटरका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक हे जिक्सिनले संयुक्त रूपमा गरे। कार्यक्रममा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरिया र सीईओ प्रशन्न पन्तको पनि उपस्थिति थियो।
शोरूम उद्घाटनको अवसरमा कम्पनीले बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयूभी ‘नामी भिगो’ समेत सार्वजनिक गरेको छ। ९९ किलोवाट मोटर र ३५० किलोमिटर रेन्ज दिने यो गाडीमा १८ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुने अल्ट्रा-फास्ट चार्जिङ सुविधा रहेको छ।
दाङबासी ग्राहकलाई लक्षित गरी कम्पनीले ‘टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प’ समेत सुरु गरेको छ । जसअन्तर्गत नाडा मूल्यमा गाडी खरिद गर्न सकिने, निःशुल्क बीमा र फास्ट चार्जर जस्ता सुविधाहरू उपलब्ध गराइएको छ। नयाँ शोरूमले बिक्रीसँगै सेवा र स्पेयर पार्ट्सको सुविधा पनि एकै स्थानबाट प्रदान गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण