भेनेजुएला संकट : बेलायतमा बढ्यो राजनीतिक असन्तुष्टि
सारांश
- भेनेजुएलामा अमेरिकाले गरेको आक्रमणको विषयलाई लिएर बेलायतका प्रधानमन्त्री किर स्टार्मरको सरकारको आलोचना भइरहेको छ।
- स्टार्मरले मदुरोको शासन पतनप्रति दुःख व्यक्त नगर्ने बताएपछि उनको पार्टीभित्रैबाट समेत आलोचना भयो।
- संयुक्त राष्ट्रसङ्घका महासचिवले अमेरिकी कारबाहीलाई डरलाग्दो नजिर भनेका छन्, तर स्टार्मरले नयाँ लोकतान्त्रिक सरकारको आह्वान गरे।
कारकास । भेनेजुएलामा अमेरिकाले गरेको आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मुदरो र उनकी श्रीमतीलाई पक्राउ गरेर स्वदेश ल्याउने अमेरिकी सरकारको कदमलाई लिएर विश्व यतिबेला दुई धारमा बाँडिएको छ । सो घटनामा दिएको प्रतिक्रियालाई लिएर अहिले बेलायतका प्रधानमन्त्री किर स्टार्मरको सरकारले निकै आलोचना खेपिरहेको छ ।
आक्रमणको निन्दा गर्न नसकेको भन्दै राजनीतिक वृत्तबाट सरकारको चर्को आलोचना भइरहेको छ । मदुरोको शासन पतन भएकोमा आफूले आँसु नबगाउने स्टार्मरको प्रतिक्रिया थियो । अमेरिकाको सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुन तोडेको छ कि छैन भन्नेबारे स्टार्मर मौन बस्नुलाई अमेरिकी कदममा बेलायतको समर्थनको रूपमा हेरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भेनेजुएलामा अमेरिकी कारबाहीले ‘डरलाग्दो नजिर’ बसालेको चेतावनी दिएका छन् । तर स्टार्मरले मदुरोलाई गैरकानूनी राष्ट्रपति भन्दै ‘उनको शासनको अन्त्यप्रति बेलायतले आँसु नबगाउने’ बताएका थिए । उनले भेनेजुएलामा नयाँ लोकतान्त्रिक सरकार गठनको लागि आह्वान गरेका छन् ।
यस टिप्पणीको उनकै पार्टी भित्रबाट तीव्र आलोचना भइरहेको छ । लेबर पार्टीका सांसद रिचर्ड बर्गनले उक्त कथनलाई लज्जास्पद र लापरवाहीपूर्ण भनेका छन् । स्टार्मर सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुसी पार्न अन्तर्राष्ट्रिय कानुनलाई पन्छाएको आरोप लगाको छ ।
अन्तर्राष्ट्रिय कानुन त्याग्दा अराजकता र दण्डहीनता निम्त्याउने चेतावनी क्लाइभ लुइसले दिएका छन् । कानुनी रूपमा अमेरिकाको यो आक्रमण कसरी रुसले युक्रेनमाथि गरेको आक्रमणभन्दा फरक छ भनेर जोन म्याकडोनेलले प्रश्न गरेका छन् ।
बेलायत साँच्चै कानुनको शासनको पक्षमा छ भने उक्त कार्यको निन्दा गर्न म्याकडोनेलले स्टारमरलाई अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण