राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस
सोमबार, २१ पुस २०८२, ११ : ५७
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गरियो।
- महान्यायाधिवक्ता सबिता भण्डारीले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएकी हुन्।
- संविधानअनुसार, महान्यायाधिवक्ताको कार्यालयले वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बिच महान्यायाधिवक्ता सबिता भण्डारीले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेस गरेकी हुन्। नेपालको संविधानअनुसार महान्यायाधिवक्ताको कार्यालयले हरेक वर्ष आफूले सम्पादन गरेका कामकारबाहीको विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण