वीरगञ्जका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी, भेला र प्रदर्शनमा रोक
सारांश
- पर्सा जिल्ला प्रशासनले वीरगञ्ज महानगरपालिकामा धार्मिक तथा सामाजिक तनावका कारण निषेधाज्ञा जारी गरेको छ।
- निषेधाज्ञा सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नआएसम्मका लागि संवेदनशील क्षेत्रहरूमा लागू गरिएको छ।
- स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम शान्ति सुरक्षा कायम राख्न भन्दै प्रशासनले आदेशको उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
पर्सा । धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सोमबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि संवेदनशील क्षेत्रहरूमा यो आदेश लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पाइने छैन। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम शान्ति–सुरक्षा कायम राख्न यो कदम चालिएको प्रशासनले जनाएको छ। निषेधाज्ञा लागू गरिएका क्षेत्रहरूमा पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चोक र दक्षिणतर्फ शङ्कराचार्य गेट रहेका छन्।
प्रशासनले तोकिएको सिमानाभित्र आदेशको उल्लङ्घन गर्ने जो-कोहीलाई नियन्त्रणमा लिई कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
_0djiqr6VSE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण