वीरगञ्ज फेरि तनावग्रस्त, हिन्दुवादी सङ्गठनको प्रदर्शनपछि प्रशासनले थाल्यो छलफल
सारांश
- वीरगञ्जमा हिन्दुवादी संगठनहरूले प्रदर्शन सुरु गरेपछि तनाव उत्पन्न भएको छ।
- धनुषामा मस्जिद तोडफोडको विरोधमा मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रिया स्वरूप यो प्रदर्शन भएको हो।
- प्रशासनले दुवै समुदायलाई शान्त पार्न र स्थितिलाई सामान्य बनाउन पहल गरिरहेको छ।
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्र आज (सोमबार) बिहानैदेखि फेरि तनावग्रस्त बनेको छ। विभिन्न हिन्दुवादी सङ्गठनहरूले बिहानैदेखि विरोध प्रदर्शन सुरु गरेपछि यहाँको अवस्था तनावपूर्ण बनेको हो।
धनुषामा भएको मस्जिद तोडफोडको घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो। त्यसको विरोधस्वरूप तथा हिन्दु देवीदेवतामाथि अभद्र र आपत्तिजनक टिप्पणी गरिएको भन्दै सोमबार बिहान हिन्दुवादी सङ्गठनहरू प्रदर्शनमा उत्रिएका हुन्। हिन्दु धर्मबारे अफवाह फैलाउने र अपमान गर्नेहरू विरुद्ध कारबाहीको माग गर्दै सङ्गठनले विरोध प्रदर्शन गरेको अगुवाहरूले बताएका छन्।
पर्सा प्रहरीका अनुसार अहिले मुस्लिम समुदाय र हिन्दु समुदाय दुवैले वीरगञ्जमा एक अर्काविरुद्ध प्रदर्शन गरिरहेका छन्। दुवै समुदाय आमुन्नेसामुन्ने भएर प्रदर्शनमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित झडपलाई मध्यनजर गर्दै प्रहरीले वीरगञ्जको मकालु चोकमा प्रवेशमा रोक लगाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले मकालु चोकबाट मुस्लिम बसोबास रहेको बस्ती छपकैयातर्फ जान रोक लगाइएको र छपकैयाबाट मुख्य बजारतर्फ आउन पनि बन्देज लगाइएको जानकारी दिए। प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले स्थितिलाई सामान्य बनाउन पहल थालेको छ। प्रशासनले निकास खोज्नका लागि हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल सुरु गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण