संसद् विघटन गर्ने सहमति भएको थिएन : प्रचण्ड
सारांश
- प्रचण्डले जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटनमा समर्थन नगरेको बताए।
- उनले अन्तरिम सरकार गठनका लागि मात्रै सहजीकरण गरेको दाबी गरे।
- प्रचण्डले कांग्रेस र एमालेका कारण देश दुर्घटनामा परेको आरोप लगाए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी विद्रोहपछि प्रतिनिधिसभा विघटनमा आफूहरूको समर्थन नभएको बताएका छन् । नेपाली समाज भारतले सोमबार नयाँ दिल्लीमा गरेको एकता सन्देश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अन्तरिम सरकार गठन गर्ने विषयमा मात्रै सहजीकरण गरेको जिकिर गरे ।
‘भदौ २३ र २४ गते राज्यबिहीनताको अवस्था थियो । अहिले के होला ? भोलि के होला भन्ने संशय थियो । भदौ २६ गते म र माधवजी रातभर बसेर परिस्थितिलाई सामान्यीकरण गर्न भूमिका खेल्यौँ’, उनले भने, ‘राष्ट्रपति र प्रधान सेनापतिले बोलाएपछि हामी दुई जना बसेर मेहनत गर्यौँ । कामचलाउ प्रधानमन्त्री केपी ओलीजीको सिफारिसमा अन्तरिम सरकार बन्यो । तर संसद् विघटनमा सहमति भएको थिएन । राष्ट्रपतिले परिस्थितिको मूल्याङ्कन गरी प्रधानमन्त्री सुशीलाजीको सिफारिसमा संसद् विघटन भयो ।’
प्रचण्डले तत्कालीन दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको कारण देश दुर्घटनामा परेको जिकिर गरे । कांग्रेस र एमालेले सहन नसकेर जबर्जस्ती आफूलाई सत्ताबाट हटाएको आरोप दोहोर्याए ।
‘राम्रो गर्दा गर्दै दुई ठुला दलहरूले सहन सकेनन् । सरकारबाट हटाए । संविधान मिचेर हटाएको छ । यसको परिणाम राम्रो हुँदैन भनेर मैले संसदमा बोलेको थिएँ । तर उनीहरूले सुनेनन्’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण