एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा रामकृष्ण खतिवडा नियुक्त
सारांश
- एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्।
- खतिवडालाई बैंकको सञ्चालक समितिले आगामी ४ वर्षका लागि नियुक्त गरेको हो।
- उनी वित्त तथा व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभवसहितका विज्ञ हुन्।
काठमाडौं । एनआईसी एसिया बैंकको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन्। बैंकको सञ्चालक समिति बैठकले उनलाई आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट ९सीएचई० रहेका खतिवडासँग वित्त तथा व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव छ। उनी पूर्वाधार विकास, परियोजना व्यवस्थापन, ऊर्जा नियमन र सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा विज्ञका रूपमा चिनिन्छन्। खतिवडाले यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत र सञ्चालकका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।
यसबाहेक उनले विद्युत् नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटलको महाप्रबन्धक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को सहायक महाप्रबन्धक र लगानी बोर्ड नेपाल जस्ता महत्त्वपूर्ण संस्थाहरूमा उच्च पदमा रहेर काम गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण