यस वर्ष योग दिवसका कार्यक्रम सप्ताहव्यापी हुने
सोमबार, २१ पुस २०८२, १८ : १०
सारांश
- यस वर्षको राष्ट्रिय योग दिवस 'स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग' भन्ने नाराका साथ मनाइने छ।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको बैठकले योग दिवसलाई साताव्यापी रूपमा मनाउने निर्णय गरेको छ।
- दैनिक योगाभ्यासले मानिसलाई अनुशासित र नैतिकवान् बनाउनुका साथै शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ।
काठमाडौँ । यस वर्षको राष्ट्रिय योग दिवस 'स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग' भन्ने मूल नाराका साथ मनाइने भएको छ। नेपालमा हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने परम्परा अनुसार यसवर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गर्न लागिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको मूल समारोह उपसमितिको बैठकले योग दिवसलाई साताव्यापी रूपमा मनाउने निर्णय गरेको छ। यस अवधिमा योगको महत्व र आवश्यकताका बारेमा प्राथमिकताका साथ प्रचारप्रसार गरिनेछ। ऋषि महर्षिहरूको तपोवन र योग साधनाको उद्गम स्थल मानिएको नेपालमा योगलाई जनस्तरसम्म पुर्याउन सरकारले विशेष पहल गरेको हो।
दैनिक योगाभ्यासले मानिसलाई अनुशासित र नैतिकवान् बनाउनुका साथै शरीरलाई स्वस्थ, फुर्तिलो र जाँगरिलो राख्न मद्दत पुग्ने विश्वास गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण