बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपतिले ट्रम्पलाई दिइन् यस्तो सन्देश

सोमबार, २१ पुस २०८२, १८ : ३३
सोमबार, २१ पुस २०८२

काठमाडौँ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्न प्रस्ताव गरेकी छन् । कार्यवाहक राष्ट्रपतिका रूपमा  मन्त्रिपरिषद्को  पहिलो बैठकपछि रोड्रिगेजले एक विज्ञप्ति जारी गरेकी थिइन् ।

आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको र अमेरिकासँग सन्तुलित र सम्मानजनक सम्बन्धतर्फ अघि बढ्न प्राथमिकता दिने डेल्सी रोड्रिगेजले बताइन्।

अन्तर्राष्ट्रिय कानुनको ढाँचा भित्र सहयोगको एजेन्डा पछ्याउन मद्दत गर्न पनि उनले अमेरिकी सरकारलाई आमन्त्रित गरिन्। 

रोड्रिगेजले भनिन्,'राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन्। यो सधैँ राष्ट्रपति निकोलस मादुरोको सन्देश रहँदै आएको छ, र अहिले सबै भेनेजुएलाको सन्देश पनि यहीँ हो।'

भेनेजुएलालाई  शान्ति, विकास, सार्वभौमिकता र भविष्यको अधिकार भएकोमा उनले जोड दिइन् । 

भेनेजुएलाका राष्ट्रपति निकाेलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ गरेपछि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले भेनेजुएला सरकार अमेरिकाले सञ्चालन गर्ने बताइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप