दिल्लीमा डोभाल र प्रचण्डको ‘डिनर मिटिङ’
काठमाडौँ । भारतले नेपालमा हुन लागेको आम निर्वाचनलाई पूर्ण समर्थन जनाएको छ । गत भदौमा भएको जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक अस्थिरताकाबिच भारतले नेपालमा लोकतन्त्रको रक्षाका लागि चुनाव नै अन्तिम विकल्प भएको बताएको हो ।
नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बिच भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभाल र पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच दिल्लीमा महत्त्वपूर्ण भेटवार्ता भएको छ ।
आइतबार राति डोभालले प्रचण्डका लागि एक होटलमा ‘डिनर’ आयोजना गरेका थिए । सोही क्रममा भएको भेटवार्ता नेपालको वर्तमान राजनीतिक अवस्था र फागुन २१ का लागि तय भएको चुनावमा केन्द्रित रह्यो ।
जेनजी को आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नेपालमा राजनीतिक संक्रमणकाल चलिरहेको छ । यही अस्थिरता चिर्न नेपालमा आगामी फागुन २१ मा आम निर्वाचन घोषणा गरिएको छ । भेटमा डोभालले नेपालले चुनावको मिति घोषणा गरिसकेको अवस्थामा अब तत्काल चुनावमा जानु नै विद्यमान गतिरोध अन्त्य गर्ने आधारभूत उपाय भएको सुझाए ।
स्रोतका अनुसार डोभालले चुनाव केवल प्रक्रिया मात्र नभई राष्ट्रिय स्थिरताका लागि अत्यावश्यक रहेको बताए । उनले प्रचण्डलाई भने, ‘राजनीतिक प्रणालीको रक्षा गर्ने एक मात्र उपाय चुनाव हो । भारत आफ्नो छिमेकी मुलुकमा स्थिरता चाहन्छ । लोकतन्त्रको रक्षाका लागि जनमत नै सबैभन्दा उत्तम विकल्प हो ।’ उनले नेपालको लोकतान्त्रिक ढाँचाको संरक्षणमा भारतको दृढ प्रतिबद्धता रहेको सन्देश पनि दिए ।
भारतले नेपालको चुनावी मार्गमा देखाएको चासोको जवाफमा प्रचण्डले नेपालभित्रको आन्तरिक सहमतिबारे जानकारी गराएका थिए । उनले नेपालका राजनीतिक दलहरू चुनावको विरोधमा नरहेको भन्दै डोभाललाई आश्वस्त पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण