जाँचबुझ आयोगमा बालेनले बुझाए १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ
मङ्गलबार, २२ पुस २०८२, १८ : ०९
सारांश
- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ गर्न गठित आयोगमा लिखित जवाफ पेश गरेका छन्।
- मेयर शाहले आयोगले सोधेका १५ वटा प्रश्नको लिखित जवाफ सोमबार पेश गरेका हुन्।
- आयोगले कांग्रेस सभापति देउवा र माओवादी नेता प्रचण्डलाई पनि आफ्नो भनाइ राख्न पत्र पठाएको थियो।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा लिखित जवाफ पेस गरेका छन् । उनले सोमबार नै आयोगले सोधेको प्रश्नमा केन्द्रित रहेर ३ पेज लामो लिखित जवाफ दिएका हुन् ।
शाहले सोमबार अपराह्न ४ बजे आयोगमा १५ वटा प्रश्नको ३ पेज लामो लिखित जवाफ बुझाएको उनको सचिवालयले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
-
अर्जेन्टिना र स्पेनका खेलाडीबिच मैदानमै कुटाकुट, फिफाद्वारा अनुसन्धान सुरु
-
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण