मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

‘मिसेस वर्ल्ड’ को लागि प्रतियोगी फेरिए, रक्षाको ठाउँमा सञ्जु

मङ्गलबार, २२ पुस २०८२, २० : ४८
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । ‘मिसेस वर्ल्ड २०२६’मा नेपालको प्रतिनिधित्व सञ्जु भट्टले गर्ने भएकी छन् । मिसेस् नेपाल वर्ल्डको आयोजक संस्था रिवन इन्टरटेन्मेन्टले प्रतियोगीताकी विजेता रक्षा पन्तको ठाउँमा उपविजेता भट्टलाई पठाउन लागेको हो ।

मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक रिवन इन्टरटेनमेन्टका सिइयो निशु कान्त झाले ‘मिसेस नेपाल वर्ल्ड २०२५’की विजेता रक्षा पन्त व्यक्तिगत तथा व्यावसायिक प्रतिबद्धताका कारण प्रतियोगितामा सहभागी हुन असमर्थ भएपछि उनको स्थानमा सञ्जु भट्टलाई नेपालको प्रतिनिधित्वका लागि चयन गरिएको जानकारी दिए । 

उनले भट्टको आत्मविश्वास, व्यक्तित्व, सामाजिक चेतना तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान प्रस्तुत गर्ने क्षमताका आधारमा उनलाई पठाउने निर्णय गरेको जानकारी दिए ।

मिसेस वर्ल्ड संयुक्त राज्य अमेरिकाको लस भेगासमा हुने विश्वका विवाहित महिलाहरूको प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । भट्टले आगामी जनवरीमा २२ देखि ३० जनवरीसम्म हुने प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्न लागेकी हुन् ।

भट्टले मिसेस नेपाल वर्ल्ड २०२५मा ‘मिसेस नेपाल इन्टरनेशनल २०२५’ को उपाधि जितेकी थिइन् । प्रतियोगिताको तयारी स्वरूप भट्टले विभिन्न अनुभवी प्रशिक्षक तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूबाट व्यक्तित्व विकास, र्‍याम्प वाक, पब्लिक स्पिकिङ, फिटनेस तथा ग्रुमिङसम्बन्धी प्रशिक्षण लिइरहेकी छन्।

उनले प्रतियोगितामा प्रस्तुत गर्ने राष्ट्रिय पोशाक (नेशनल कस्ट्युम) को डिजाइन आईआईएफटी नेपालद्वारा तयार पारिँदै छ भने अन्य विभिन्न चरणमा प्रयोग हुने पहिरन सेन्ट्रल फेशन स्कुल तथा अन्य प्रख्यात फेसन डिजाइनरहरूसँगको समन्वयमा व्यवस्थापन गरिएको छ । यसअघि नेपालबाट मिसेस वर्ल्डमा पृथिविया थापा र दीक्षा केसीले सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप