यी हुन् एमाले कर्णाली प्रदेश र जिल्लाका नयाँ कमान्डरहरू
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले कर्णाली प्रदेशको संयोजकमा मुख्यमन्त्री यामलाल कँडेललाई चयन गरेको छ।
- मुख्यमन्त्री कँडेलले प्रदेश संयोजक र आगामी निर्वाचनको कमान्डरको भूमिका निर्वाह गर्नेछन्।
- पार्टीले कर्णालीका १० वटै जिल्लाका लागि पनि संयोजकहरू चयन गरेको छ।
सुर्खेत । नेकपा एमालेको मंगलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी केन्द्रीय सचिव एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सुम्पिएको छ।
मुख्यमन्त्री कँडेलले अब प्रदेश संयोजकका साथै आगामी निर्वाचनको कमान्डरको भूमिका समेत निर्वाह गर्नेछन्। पार्टीले कर्णालीका १० वटै जिल्लाका लागि पनि संयोजकहरूको चयन गरेको छ।
सुर्खेतमा नवराज रावत र जाजरकोटमा डम्बरबहादुर सिंहलाई संयोजकको जिम्मेवारी दिइएको छ।
त्यसैगरी दैलेखमा मिनासिंह रखाल, डोल्पामा बद्मी कुमारी बुढा (बोहरा), जुम्लामा दानसिंह परियार र हुम्लामा दल रावललाई जिल्लाको नेतृत्व सुम्पिएको छ। जुम्लामा जिम्मेवारी दिएका दानसिंह मुगुका हुन् ।
मुगुको जिम्मेवारी जितबहादुर मल्लले पाएका छन् भने सल्यानमा गोविन्द पुन र कालिकोटमा नगीन्द्र शाही (नेशनल) लाई जिल्ला संयोजकका रूपमा खटाइएको छ।
रुकुम पश्चिमको हकमा भने पार्टीले दैलेखका सुशीलकुमार थापालाई संयोजकको जिम्मेवारी तोकेको छ।
यी नेताहरुले आगामी फागुनका हुने प्रतिनिधि सभाको निर्वाचनमा कमान्डरको भूमिका पनि निभाउने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण