राष्ट्रियसभा निर्वाचन : मधेसमा तीन दलीय गठबन्धन टुट्ने खतरा
जसपा नेपाल तीन सिटमा उम्मेदवारी दर्ता गराउँदै
बुधबार, २३ पुस २०८२, १५ : २८
जनकपुरधाम । राष्ट्रियसभा सदस्यका लागि मधेस प्रदेशमा चार सिटका लागि नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी(जसपा)नेपाल बिचको गठबन्धन टुट्ने खतरा बढेको छ ।
जसपा नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले आफूहरूलाई एक सिट नदिए गठबन्धन टुट्ने खतरा रहेकाे बताए । उनका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
केही दिनअघिमात्रै लाेसपा जसपा नेपालबिच पार्टी एकता भएकाे थियाे ।
नेकपा एमाले र कांग्रेससँग प्राविधिक कुरा तालमेल नमिलेकोले आफूहरूले तीन सिटका लागि उम्मेदवारी दिने बताए । अल्पसंख्यकमा शैलेश चौधरी,महिलामा चन्द्रकला शाह, दलिततर्फ चमेली देवी मनोनयन दर्ता गराउने उनले बताए ।
उनका अनुसार तालमेल मिलेमा उम्मेदवारी फिर्ता लिइने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण