वडामा केन्द्रित भएर चुनावी अभियान थाल्न मुख्यमन्त्री कँडेलको निर्देशन
सुर्खेत । नेकपा एमालेका सचिव तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आगामी निर्वाचनमा नेकपा एमालेको पक्षमा मतदान गराउन नेता तथा कार्यकर्तालाई वडा–केन्द्रित भएर सक्रिय हुन निर्देशन दिएका छन् ।
बुधबार नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै सचिव कँडेलले संसद् पुर्नस्थापनासँगै पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेकोले अब वडा केन्द्रित भएर लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् ।
गत भदौ २३ र २४ पछि मुलुकको अस्वस्थ सामान्य नरहेको उल्लेख गर्दै उनले भने, “देशलाई अस्थिर बनाउने र अपराधी प्रवृत्तिलाई एकै ठाउँमा राख्ने प्रयास भइरहेको छ । यस्तो अवस्थामा जनताको पक्षमा स्पष्ट रूपमा बोल्ने पार्टी एमाले मात्रै भन्ने विषयलाई हामीले जनता माझ बुझाउन सक्नु पर्दछ ।” पार्टीले समानुपातिक तर्फको सूची बुझाइसकेको भन्दै उनले पार्टी निर्वाचनमा होमिइसकेको स्पष्ट पारे ।
उनले काठमाडौँमा अनावश्यक रूपमा धाउने प्रवृत्ति त्याग्न आग्रह गर्दै केन्द्रीय कमिटीको बैठकमा सहभागी हुने बाहेक अरू नजान निर्देशन दिए । साथै कर्णालीका नेताहरूले टिकटका लागि केन्द्रीय नेताको घर–घरमा धाउने काम नगर्न समेत आग्रह गरे ।
लोकतान्त्रिक शक्तिहरू कमजोर भए देशको परिस्थिति अझ जटिल बन्ने चेतावनी दिँदै मुख्यमन्त्री कँडेलले वडालाई केन्द्र बनाएर निर्वाचन कार्यतालिका बनाउन र भूगोल केन्द्रित हुन कार्यकर्तालाई आग्रह गरे ।
“जिल्लाको अवस्था कस्तो बनाउने भन्ने कुरा केन्द्रदेखि जिल्ला तहका नेताहरूको क्षमतामा भर पर्छ,” उनले भने, “निर्वाचनमा सूर्य चिह्नमा मतदान गर्ने स्पष्ट योजना बनाएर अघि बढ्नुपर्छ।”
देशको स्वाभिमान जोगाउन लोकतान्त्रिक र देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण