सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेता तथा कार्यकर्तालाई वडाकेन्द्रित भएर चुनावी सक्रिय बढाउन कँडेलको आग्रह

कर्णालीका नेताहरूले टिकटका लागि केन्द्रीय नेताको घर–घरमा धाउने काम नगर्न समेत आग्रह
बुधबार, २३ पुस २०८२, २० : १३
बुधबार, २३ पुस २०८२

‎‎सुर्खेत । केही दिनअघिसम्म सरकारले चुनावी वातावरण तयार नगरेको भन्दै भाषण गर्ने कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अब एमाले चुनावमा होमिएको बताएका छन् । 

‎नेकपा एमालेका सचिव तथा संयोजकसमेत रहेका कँडेलले आगामी निर्वाचनमा एमालेको पक्षमा मतदान गराउन नेता तथा कार्यकर्तालाई वडाकेन्द्रित भएर सक्रिय हुन बुधबार निर्देशन दिएका हुन् । 'संसद पुनर्स्थापनासँगै पार्टीले निर्वाचनमा जाने निर्णय गरिसकेकोले अव वडाकेन्द्रित भएर लाग्नुहोस्,' बुधबार एमाले कर्णाली प्रदेश कमिटीको बैठकमा उनले भने, 'भदौ २३ र २४ पछि मुलुकको अवस्थ सामान्य भने छैन ।' 

देशलाई अस्थिर बनाउने र अपराधी प्रवृत्तिलाई एकै ठाउँमा राख्ने प्रयास भइरहेको उनले बताए । यस्तो अवस्थामा जनताको पक्षमा स्पष्ट बोल्ने पार्टी एमाले मात्रै भएको भन्ने विषयलाई सबैमाझ बुझाउन सक्नुपर्ने उनको भनाइ थियो । 

पार्टीले समानुपातिक तर्फको सूची बुझाइसकेको भन्दै उनले पार्टी निर्वाचनमा होमिइसकेको स्पष्ट पारे । काठमाडौँमा अनावश्यक रूपमा धाउने प्रवृत्ति त्याग्नसमेत आग्रह गर्दै उनले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनेबाहेक अरू काममा नजान निर्देशन दिए । 

साथै कर्णालीका नेताहरूलाई टिकटका लागि केन्द्रीय नेताको घर–घरमा धाउने काम नगर्नसमेत उनले आग्रह गरे । 'जिल्लाको अवस्था कस्तो बनाउने भन्ने कुरा केन्द्रदेखि जिल्ला तहका नेताहरूको क्षमतामा भर पर्छ,' उनले भने, 'निर्वाचनमा सूर्य चिह्नमा मतदान गर्ने स्पष्ट योजना बनाएर अघि बढ्नुपर्छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप