महामन्त्री थापालाई बुद्धिजीवीहरूको सुझावः कांग्रेसमा विधि–पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जानुस्
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बुद्धिजीवीहरूले पार्टीभित्र विधि र पद्धति स्थापित गर्न विशेष महाधिवेशनमा जान सुझाएका छन् ।
पार्टीको संस्थापन पक्षले विधि र पद्धतिबाहिर गएर असहमत पक्षलाई किनारामा पार्ने प्रयास गरेको भन्दै उनीहरुले त्यसको प्रतिवादस्वरूप विशेष महाधिवेशनमार्फत पार्टीको रूपान्तरणसहित पुस्तान्तरण गर्न सुझाएका हुन् ।
बुधवार पार्टी महामन्त्री गगनकुमार थापासहित विशेष महाधिवेशन पक्षधरले बुद्धिजीवीहरूसँग छलफल गरी विशेष महाधिवेशनबारे सुझाव लिएका हुन् ।
छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बुद्धिजीवी सुदर्शन आचार्यले छलफलमा संस्थापन पक्षले पार्टी महामन्त्रीहरुलाई कारबाही गर्छ की ? भन्ने प्रश्न पनि उठेको उल्लेख गरे ।
उनले पार्टी विधान र मुलुकको संविधानअनुसार अघि बढ्दा महामन्त्रीहरूलाई कारबाही गर्ने आधार पार्टी केन्द्रसँग नरहेको कारण दृढतापूर्वक विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाएको बताए ।
उनले पार्टीको रुपान्तरण गरी मुलुकको राष्ट्रिय राजनीतिले सामना गरिरहेका चुनौतीहरुको सामना गर्न देशभरका महाधिवेशन प्रतिनिधिहरुलाई कन्भिन्स गर्न समेत सुझाव दिएको उल्लेख गरे ।
बुद्धिजीवी अरुण सुवेदीले विशेष महाधिवेशन पक्षधरहरु ‘पोइन्ट अफ नो रिटर्न’को अवस्थामा पुगिसकेको भन्दै पार्टीको बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिता भए विशेष महाधिवेशन गर्न सुझाव दिएको बताए ।
उनले बहुसंख्यक प्रतिनिधि सहभागिमार्फत चुनिने नेतृत्वले मात्र वैधानिकता पाउने उल्लेख गर्दै अन्यथा कुनैपनि हालतमा पार्टी फुटाउन नहुने सुझाव आफूले दिएको जानकारी दिए ।
बुद्धिजीवी प्रताप पौडेलले नेपाली काँग्रेस नयाँ नेतृत्व, नीति र कार्यदिशासहित आसन्न निर्वाचनमा जानुपर्ने आवश्यकता आवश्यकता रहेको बताए ।
उनले परिवर्तित कांग्रेसले मात्रै युवाहरूको भावना अनुसार काम गर्न सक्ने र राष्ट्रिय राजनीतिक चुनौतीको सामना गर्न सक्ने भन्दै नेतृत्व र नीति परिवर्तन गर्न अग्रसर हुन सुझाएको बताए ।
बुद्धिजीवी विश्वकुमार केसीले पार्टी परिवर्तन, नीति र नेतृत्व रूपान्तरणमार्फत समाजमा विश्वास पुनःस्थापित गर्ने महामन्त्री थापाको कदमप्रति उपस्थित सबैले समर्थन जनाएको बताए ।
उनले नेताले जोखिम लिन सक्नुपर्ने र जोखिम नलिनु नै अर्को जोखिम हुने भन्दै विशेष महाधिवेशनको पक्षमा अघि बढ्न सुझाएको बताए । उनले भने, ‘नेपाली कांग्रेसलाई परिवर्तन गरेर जाने र नीति र नेतृत्व परिवर्तन गरेर जाने तथा समाजमा आफ्नो विस्वासलाई स्थापित गर्ने जुन कदम चालेर अघि बढ्ने जुन कदम चाल्नुभएको छ त्यसमा उपस्थित सबैले समर्थन गरेर जानुभएको छ । केदारभक्त माथेमाले दभनेजस्तै नेताले जोखिम लिन सक्नुपर्छ । जोखिम नलिनु पनि अर्को जोखिम हो ।’
पार्टीको महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आह्वान गरिसकेको छ । पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पुर्णबहादुर खड्काको इच्छा र सहमतिविपरित महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् । पार्टी नेतृत्वलाई महाधिवेशनको अपनत्व लिन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण