राजनीति
सभापति देउवा र नेता कोइरालाबिच भेटवार्ता
बिहीबार, २४ पुस २०८२, १० : ३०
सारांश
- नेपाली कांग्रेसका नेताहरू शेरबहादुर देउवा, शेखर कोइराला र मिनेन्द्र रिजालबीच भेटवार्ता भयो।
- उनीहरूले महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनबारे छलफल गरे।
- कोइरालाले देउवालाई विशेष महाधिवेशन रोक्न आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा शेखर कोइराला र डा मिनेन्द्र रिजालबिच भेटवार्ता जारी छ । कोइराला रिजाललाई लिएर देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।
उनीहरूबिच कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते आह्वान गरेको विशेष महाधिवेशनबारे कुराकानी भइरहेको छ ।
कोइरालाले देउवालाई जसरी भए पनि विशेष महाधिवेशन रोक्न आग्रह गर्न देउवालाई भेटेको कोइराला निकट स्रोतले जानकारी दियो ।
महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरे पनि त्यो विधानसम्मत नभएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण