शङ्खरापुर बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो
सारांश
- शङ्खरापुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका ६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा मृत्यु भयो।
- दुर्घटनामा मृत्यु हुने अन्य ४ जनाको पनि सनाखत भएको छ।
काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । बिहीबार बिहान गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी घर भएका ६० वर्षीय अर्जुन लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको हो । उनको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार हुँदै थियो ।
यसअघि मृत्यु भएको ४ जनाको सनाखत भएको छ । बुधवार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भएर बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भएर बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भएर पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देबेन्द्र लिम्बु छन् ।
उनीहरूको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण