मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
बिहीबार, २४ पुस २०८२, १२ : ५९
सारांश
- मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा पथरीका ३२ वर्षीय विजय गुरुङको मृत्यु भएको हो।
- दुर्घटनामा घाइते भएका अर्का व्यक्तिको अस्पतालमा उपचार भइरहेको छ।
मोरङ । मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित सडकमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। जाँतेबाट पथरीतर्फ जाँदै गरेको मे ६ प २५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ३२ वर्षीय विजय गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक जना पनि घाइते भएका छन्। घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण