टम्बो मोबाइल नेपाल आउने, २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट
काठमाडौं । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड टम्बो प्रवेश गर्ने तयारीमा रहेको छ । भारतीय मोबाइल ब्राण्ड टम्बो नेपाली बजारमा आउन लागेको हो । टम्बोले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो, जून अब नेपाली बजारमा पनि उपलब्ध हुन लागेको छ ।
टम्बो मोबाइल शंकराचार्य मोबाइल प्रालिले आधिकारिकरुपमा आयात तथा बिक्री गर्नेछ । कम्पनीले पहिलो चरणमा सिमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउन लागेको हो ।
स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक गर्ने तयारी गरेको छ, जुन सस्तो मुल्यमा आउने कम्पनीले बताएको छ । टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ । टम्बो मोबाइलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिईने कम्पनीले बताएको छ ।
टम्बोका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फीचरहरु राखिएका छन् । यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट हुनसका साथै वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फीचर भएका छन् ।
टम्बो मोबाइल:
टम्बो सन् २०१७ मा स्थापना भएको भारतीय कम्पनी अगस्टन मोबाइलले चिनियाँ ओईएम कम्पनीसँगको जोइन्ट भेन्चरमा ल्याएको मोबाइल ब्राण्ड हो ।
कम्पनीले भारतमा रहेको ग्रेटर नोइडाको फ्याक्ट्रिबाट यो ब्राण्डका मोबाइल फोन उत्पादन गर्ने गर्दछ । टम्बो ब्राण्ड यसअघि आइटेल मोबाइललाई भारतमा भित्र्याउने श्रेय पाएका सुधिर कुमारको कम्पनी अन्तर्गत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्स्पेक्टरको लिखित परीक्षामा ५१ जना उत्तीर्ण (सूचीसहित)
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण