आपतकालीन इजलास माग गरिएको रिटमा कारण देखाऊ आदेश
काठमाडौँ । न्यायिक पहुँच सुनिश्चित गर्न नेपालमा आपतकालीन इजलासको माग गर्दै दायर भएको रिटमा बिहीबार सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
कानुनका विद्यार्थीहरू रोशन आउजी, निकेश नेपाल र विवेक चौधरीले दायर गरेको रिटमा न्यायाधीश नृपध्वज निरौलाद्वारा कारण देखाऊ आदेश जारी गरेको हो ।
निवेदकहरूले अदालत बन्द, सार्वजनिक बिदा वा नियमित इजलास नबस्ने समयमा नागरिकको जीवन, स्वतन्त्रता, सम्मान र सम्पत्तिमा तत्काल खतरा उत्पन्न हुँदा न्याय नपाउने अवस्था संविधान विपरीत भएको दाबी गरेका थिए ।
निवेदनमा संविधानको धारा २० अन्तर्गतको न्यायको हकमा ‘छिटो तथा आपतकालीन न्यायिक पहुँच’ समावेश हुने उल्लेख गर्दै, ’ढिला न्याय दिनु, न्याय नदिनुसरह हो’ भन्ने सिद्धान्तको प्रभावकारी कार्यान्वयनका लागि सर्वोच्च अदालतमा २४ सै घण्टा सञ्चालन हुने आपतकालीन इजलास हुनुपर्ने माग गरिएको थियो ।
निवेदकहरूले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३(४) र ४(३) ले प्रधानन्यायाधीशलाई अदालतको कार्य समयबाहेक र बिदाका दिनमा समेत इजलास तोक्ने अधिकार दिएको भए पनि सो अधिकार प्रयोग गरी आपतकालीन इजलास सञ्चालनमा नआएको विषयलाई गम्भीर संवैधानिक प्रश्नका रूपमा उठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण