प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने
सारांश
- राष्ट्रियसभा समितिले निर्वाचनको सुरक्षा तयारीबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दैछ।
- छलफलमा बारुदी सुरुङ र विस्फोटक पदार्थको व्यवस्थापनबारे सुरक्षा संवेदनशीलतामा जोड दिइनेछ।
- समितिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूलाई छलफलका लागि बोलाएको छ।
काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थको व्यवस्थापनका विषयमा शुक्रबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्ने भएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर समितिले यो कदम चालेको हो।
समिति सभापति मायाप्रसाद शर्माका अनुसार आसन्न निर्वाचनको सुरक्षा तयारी र विस्फोटक पदार्थले निम्त्याउन सक्ने जोखिमबारे सरोकारवालासँग सुझाव लिन बैठक बोलाइएको हो। छलफलका लागि नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई आमन्त्रण गरिएको छ। निर्वाचनका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौती र बारुदी सुरुङ नियन्त्रणमा सुरक्षा निकायको भूमिकाका विषयमा विस्तृत छलफल हुने बताइएको छ।
बिहीबार बसेको समितिको बैठकमा भने अध्यागमन ऐन २०४९ को कार्यान्वयन र त्यसको प्रत्यायोजित विधायनको अवस्थाका बारेमा अध्ययन प्रतिवेदनमाथि छलफल भयो। सो छलफलमा सांसदहरू नरबहादुर विष्ट, सुमित्रा विसी, श्रीकृष्णप्रसाद अधिकारी, गोमादेवी तिमिल्सना र रुक्मिणी कोइराला लगायतले आफ्नो धारणा राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण