बागमती सरकारद्वारा १६ जना उपसचिवको सरुवा (सूचीसहित)
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवाका १६ जना नवौँ तहका अधिकृत (उपसचिव)हरुको सरुवा गरेको छ ।
प्रदेश सरकारको २०८२ पुस २३ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, निर्देशनालय तथा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।
प्रदेश सरकारले प्रशासनिक कामलाई थप प्रभावकारी बनाउन र सेवा प्रवाहलाई चुस्त राख्न यो नियमित सरुवा गरिएको जनाएको छ । सरुवा हुनेहरूमा आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग पर्यटन, यातायात व्यवस्था कार्यालय लगायतका अधिकृतहरू रहेका छन् ।
प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयमा कार्यरत श्रीकृष्ण आचार्यलाई उद्योग तथा वाणिज्य कार्यालय काठमाडौँ पठाइएको छ भने उद्योग तथा वाणिज्य कार्यालय काठमाडौँमा कार्यरत यादवनाथ आचार्यलाई उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडामा सरुवा गरिएको छ ।
यातायात व्यवस्था कार्यालय कलंकीमा कार्यरत रीता यादवलाई प्रदेश सुशासन केन्द्र ललितपुर र सामाजिक विकास मन्त्रालयमा कार्यरत अमृत अधिकारीलाई यातायात व्यवस्था कार्यालय चितवन, स्वास्थ्य मन्त्रालय मकवानपुरमा कार्यरत कुमार पोखरेललाई प्रदेश सभा सचिवालय हेटौँडा र प्रदेश सभा सचिवालयमा कार्यरत विनोद प्रधानलाई संस्कृति तथा पर्यटन मन्त्रालय हेटौँडामा जिम्मेवारी दिइएको छ ।
यस्तै, श्रम रोजगार तथा यातायात मन्त्रालयमा कार्यरत विमल भट्टराईलाई यातायात व्यवस्था कार्यालय हेटौँडा र सोही कार्यालयमा कार्यरत प्रवीण श्रेष्ठलाई श्रम रोजगार तथा यातायात मन्त्रालयमा ल्याइएको छ ।
संस्कृति तथा पर्यटन मन्त्रालय, हेटौँडाका प्रकाश अधिकारीलाई यातायात व्यवस्था कार्यालय, राधे राधे, भक्तपुरको प्रमुखमा सरुवा गरिएको छ ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका पुष्कर चन्द्र घिमिरेलाई सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौँडामा कार्यरत सुरेश खनाललाई यातायात व्यवस्था कार्यालय, कलंकी, प्रदेश सुशासन केन्द्र, ललितपुरमा कार्यरत नुमानन्द अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, यातायात व्यवस्था कार्यालय, चितवनका विष्णु कुमार भट्टराईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, हेटौँडा, यातायात व्यवस्था कार्यालय, खुर्कोट, सिन्धुलीमा कार्यरत तारा किरण राईलाई उद्योग तथा वाणिज्य कार्यालय, ललितपुर, यातायात व्यवस्था कार्यालय, राधे राधे, भक्तपुरका डण्ड बहादुर बस्नेतलाई प्रदेश सभा सचिवालय, हेटौँडा, उद्योग तथा वाणिज्य कार्यालय, ललितपुरका सन्तोष मोक्तालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण