मुग्लिङ–आँबुखैरेनी सडक खण्डको ‘राइट अफ वे’ ३० मिटर तोकियो
सारांश
- सरकारले मुग्लिङ-पोखरा सडक खण्डको मुग्लिङदेखि आँबुखैरेनीसम्मको सडक सीमा ३० मिटर निर्धारण गरेको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यो निर्णय गरेको हो।
- यो निर्णयसँगै उक्त क्षेत्रमा सडक विस्तार र निर्माणको कामलाई अगाडि बढाउन कानुनी बाटो खुलेको छ।
काठमाडौँ । सरकारले मुग्लिङ–पोखरा सडक खण्ड अन्तर्गत मुग्लिङदेखि आँबुखैरेनीसम्मको सडकको सीमा ‘राइट अफ वे’ निर्धारण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त खण्डको सडक सीमा ३० मिटर रहने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरेको सूचनामा उल्लेख छ । नयाँ रेखाङ्कन अनुसार मुग्लिङ बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) देखि मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै मर्स्याङ्दी विद्युत् गृहको पारिपट्टिसम्मको सडकको सीमा तोकिएको हो ।
राजपत्रमा प्रकाशित सूचना अनुसार हालको राजमार्गको समानान्तर हुने गरी थप सडकको रेखाङ्कन गरिएको छ । उक्त सडकको केन्द्र रेखाबाट दायाँ १५ मिटर र बायाँ १५ मिटर गरी जम्मा ३० मिटर सडकको सीमा निर्धारण गरिएको छ ।
जारी सूचनामा मुग्लिङ बजारको पारिपट्टिबाट मर्स्याङ्दी विद्युत् गृहसम्मको खण्डलाई समेटिएको छ । यो निर्णयसँगै उक्त क्षेत्रमा सडक विस्तार र निर्माणको कामलाई अगाडि बढाउन कानुनी बाटो खुलेको छ ।
मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत यो खण्ड प्राविधिक र भौगोलिक कारणले चुनौतीपूर्ण मानिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण