शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘रक्तरञ्जित विचारहरूले नै संसारलाई परिवर्तन गर्छन्’

यो युद्ध युक्रेनको समाप्ति होइन, जेलेन्स्की र पश्चिमा ‘ग्लोबलिस्ट’हरूको अन्त्य हो : अलेक्जेन्डर दुगिन
शनिबार, २६ पुस २०८२, १९ : ००
शनिबार, २६ पुस २०८२

सारांश

  • अलेक्ज्यान्डर दुगिनले युक्रेन वार्तालाई अस्थायी सम्झौताको संज्ञा दिएका छन्, जसले नयाँ विश्व व्यवस्थाको आकार लिने कुरा बताए।
  • दुगिनका अनुसार, ट्रम्पले युक्रेनलाई जोगाउन रुसका मागहरू स्वीकार्ने योजना बनाएका छन्, तर यो अस्थायी समाधान मात्र हुनेछ।
  • लेखमा रुसी युद्ध संवाददाता र दार्शनिकको बलिदानलाई स्मरण गर्दै, पत्रकारिताको महत्व र विचारको शक्तिबारे प्रकाश पारिएको छ।

रुसी राष्ट्रपति पुटिनका प्रमुख राजनीतिक तथा दार्शनिक सल्लाहकार मानिने अलेक्ज्यान्डर दुगिन वर्तमान विश्वका प्रमुख दार्शनिकहरूमध्ये गनिन्छन् । रुसका चर्चित राजनीतिशास्त्री तथा दार्शनिक दुगिन बहुध्रुवीय विश्वका सिद्धान्तकारका रूपमा समेत चिनिन्छन् । उनको हालै ‘द ट्रम्प रिभोलुसन’ नामको पुस्तक प्रकाशित भएको छ । पछिल्लो समय अमेरिकामा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै रुस–अमेरिका सम्बन्धमा न्यानोपनका चर्चाहरू चल्न थालेसँगै दुगिनको पुस्तक पनि संसारभर चर्चामा छ ।

उनै दुगिनसँग रेडियो स्पुतनिकले लामो कुराकानी गरेको छ । स्पुतनिकको कार्यक्रम ‘एस्केलेसन’ मा दुगिन युक्रेनसम्बन्धी भइरहेको वार्तालाई पतनको जोखिमले भरिएको अस्थायी र अस्थिर सम्झौता भनी वर्णन गर्छन् । साथै उनले यसको पर्दा पछाडि महाशक्तिहरूले आत्मा र शक्ति दुबैका माध्यमबाट नयाँ विश्व व्यवस्थालाई आकार दिन लागेको बताउँछन् ।

नयाँ वर्षमा प्रवेश गरेसँगै अबको विश्व व्यवस्था, रुस–युक्रेन युद्ध कतातर्फ मोडिन्छ भन्ने बुझ्न दुगिनसँगको संवाद नेपाली पाठकका लागि रुचिपूर्ण हुन सक्छ । त्यसैले हामीले सम्पादनसहित कुराकानीलाई यहाँ पस्केका छौँ । रुसमा बसेर अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गर्दै गरेका मोहनप्रसाद ज्ञवालीले यसको अनुवाद गरेका हुन् ।

  • पछिल्लो एक हप्तायता समाचारहरूमा युरोप र अमेरिकासँग भएका वार्ताहरू तथा बर्लिनमा सम्पन्न बैठकले नै बढी चर्चा पाएको देखिन्छ । यी वार्ताहरूबारे तपाईंको धारणा के छ ? हामी मेजर वार्ताबाट बाहिरिएको हल्लाहरू पनि सुनिँदै छ । आगामी दिनहरूमा यी वार्ताहरूबाट हामी के अपेक्षा गर्न सक्छौँ ?

हाल सञ्चालनमा रहेका यी वार्ताहरू अत्यन्तै जटिल प्रणाली हुन् । यस प्रणालीभित्र विभिन्न शक्तिहरू सक्रिय हुन्छन् । साथै प्रभावका विभिन्न केन्द्रहरू रहन्छन्, जसका कारण शक्ति सन्तुलनमा निरन्तर परिवर्तन भइरहन सक्छ । अन्ततः युद्धविराम हुन्छ कि हुँदैन भन्ने प्रश्नको जवाफ यस प्रणालीभित्र सहभागी प्रत्येक पक्षले कस्तो व्यवहार गर्छ भन्ने कुराले नै अन्तिम नतिजा निर्धारण गर्नेछ ।

म तपाईंलाई के स्मरण गराउन चाहन्छु भने यी वार्ताहरूमा हामी के विषयसँग जुधिरहेका छौँ । रुसले युक्रेनमा आफ्नो सैन्य कारबाही रोक्न तयार हुनका लागि न्यूनतम सर्तहरू अघि सारेको छ । यी सर्तहरू पूर्ण रूपमा न्यूनतम हुन्, किनकि ती सबै कुनै पनि अपवादविना स्वीकार गरिए पनि यसलाई वास्तवमै हाम्रो विजय मान्न सकिन्छ भन्ने सुनिश्चित छैन । निश्चय नै यसलाई हामीले विजयका रूपमा लिनु हुँदैन । अर्को शब्दमा भन्नुपर्दा, यो एक प्रकारको सम्झौता हो । सैन्य द्वन्द्वका निर्णायक र सम्भवतः अपरिहार्य पक्षहरूलाई केही समयका लागि स्थगित गर्ने एउटा सानो प्रयास मात्र ।

हाम्रा परिस्थितिहरू कस्ता छन् भने ती सम्पूर्ण सर्त पूरा गरिए भने पनि अपूरो युद्धलाई सुदृढीकरण गर्न सक्षम हुनेछौँ । निश्चय पनि, यसलाई पराजय भन्न सकिँदैन, तर यो विजय पनि होइन ।

तर, केही गम्भीर कारणहरूका आधारमा, हामी यी सर्तहरूमा द्वन्द्व रोक्न तयार छौँ । म पूर्ण रूपमा के कुरामा विश्वस्त छु भने यो समाधान अस्थायी मात्र हुनेछ । तर पनि हामी द्वन्द्वका कारणहरू पन्छ्याउने छौँ भन्ने मान्यता राख्छौँ । अझ स्पष्ट रूपमा भन्नुपर्दा, यस द्वन्द्वका वास्तविक कारणहरूलाई साँच्चिकै हटाउने दिशामा सहमति गर्न न अमेरिका न त युरोप नै तयार छ । त्यसको अर्थ हामीले युक्रेनलाई कुनै न कुनै रूपमा हाम्रो नियन्त्रणअन्तर्गत पुनः फर्काउनु हुनेछ । यस कुरामा यिनीहरू कसैले पनि सहमति जनाउने छैनन् । त्यसैले, यो केवल एक सौम्य अभिव्यक्ति (युफेमिज्म) मात्र हो ।

यद्यपि, हाम्रा परिस्थितिहरू कस्ता छन् भने ती सम्पूर्ण सर्त पूरा गरिए भने पनि अपूरो युद्धलाई सुदृढीकरण गर्न सक्षम हुनेछौँ । निश्चय पनि, यसलाई पराजय भन्न सकिँदैन, तर यो विजय पनि होइन । मलाई लाग्दैन, हामीले यति धेरै बलिदान गरेको वास्तविक उद्देश्य यतिका लागि मात्रै थियो । तथापि, हामीले केही सर्तहरू अघि सारेका छौँ, जुन सर्तहरू हाम्रो आफ्नै भए तापनि, हामी तिनीहरूप्रति न त विशेष खुसी छौँ न त सन्तुष्ट नै । अन्ततः ती सर्तहरू पूरा भए भने पनि त्यसपछि के गर्ने भन्ने कुरा आफैँमा निकै ठूलो समस्याग्रस्त प्रश्न बन्ने छ ।

ट्रम्पले अन्ततः यस द्वन्द्व र समस्यामाथि ध्यान केन्द्रित गरे, केही ध्यान दिए, आफूलाई दबाबमा राखे र हामीले के भन्न खोजेका थियौँ भन्ने कुरा बुझे । विशेष रूपमा महत्त्वपूर्ण कुरा के हो भने उनले के पनि बुझे भने हाम्रो आफ्नै अवस्था पनि हाम्रा लागि धेरै अनुकूल छैन । त्यसपछि उनले शीतल ढङ्गले निर्णय गरे । ठीक छ, अहिलेका लागि रुसीहरूका सर्तहरूसँग अघि बढौँ, युक्रेनलाई जोगाऔँ, अनि त्यसपछि हेरौँला । सारतः ट्रम्पको योजना यही हो– हाम्रा मागहरू स्वीकार गरेर युक्रेनलाई जोगाउने । वास्तवमा हाम्रा मागहरू निकै मध्यम र ट्रम्पका दृष्टिकोणबाट युक्रेनलाई बचाउने उद्देश्यका हिसाबले उनलाई पूर्ण रूपमा स्वीकार्य छन् ।

Aleksandr-Dugin 3

अब हामी दुई ध्रुवहरू देख्छौँः जसमा रुस, जसले आफ्ना सिद्धान्तहरू र मागहरू तय गरेको छ । दोस्रो, ट्रम्प जसले योजना बुझेका छन् । यी मागहरूले स्पष्ट रूपमा रुसको विजय हुनेछैन । तर, यसले अहिले युक्रेनलाई बचाउँछ र अर्को चरणको लागि ठाउँ छोड्छ । यसैकारण उनले यसलाई समर्थन गर्छन् । उनले अहिले हाम्रा ती मागहरूलाई समर्थन गर्नेछन् किनभने ती दीर्घकालीन रूपमा हामीलाई होइन पश्चिमलाई फाइदाजनक छन् । यो धेरै महत्त्वपूर्ण तथ्य हो ।

अब यहाँ तेस्रो कारक अगाडि आउँछ । मानौँ हामी दुई ध्रुवमा उभिएका छौँ । किन यस्तो देखिन्छ भने, के विटकोफले पुटिनसँग भएका वार्ताहरूलाई अत्यन्तै राम्रोसँग बुझेका छन् ? किन किरिल दिमित्रिएभसँग आपसी समझदारी स्थापित भएको देखिन्छ ? यसको कारण के हो भने, मूलतः यहाँ हामी आफ्नो विजयबारे मात्र छलफल गरिरहेका छैनौँ । निश्चय नै यो पश्चिमका लागि अपमानजनक अवस्था हो । युक्रेनका लागि पनि अपमान हो, तर यो अझै पनि समाप्त नभएको युद्ध हो । हामी यस तथ्यसँग सहमत छौँ ।

पश्चिमा अभिजात वर्गले यो योजनालाई जस्ताको त्यस्तै स्वीकार्दैछ भन्ने हो भने, यसको अर्थ हो– ऊ आफ्नो पूर्ण अक्षमता स्वीकार गर्दैछ । मलाई लाग्छ युक्रेनबारे यति लामो समयसम्म उन्माद फैलाएपछि उनीहरू पदच्युत हुनेछन् ।

दीर्घकालीन रणनीतिक हितका दृष्टिकोणबाट हेर्दा निकै शङ्कास्पद देखिने एउटा रणनीतिसँग हामी समग्र रूपमा सहमत भएका छौँ । ट्रम्पले यस अवस्थालाई स्पष्ट रूपमा बुझेका छन् र उनी यसलाई पूर्ण रूपमा समर्थन गर्ने प्रयास गरिरहेका छन् । तर यहाँ अर्को तेस्रो पक्ष छ । त्यो हो, सम्पूर्ण युरोपेली सङ्घ र जेलेन्स्की, जससँग ट्रम्प रणनीतिक र दीर्घकालीन परियोजनामा रुचि राख्दैनन् । तर, उनी यो द्वन्द्वलाई तदनुरूपमै जारी राख्न रुचि राख्छन् । जसलाई म रणनीतिक भन्दा सामरिक कारण मान्दछु ।

पश्चिमा अभिजात वर्गले यो योजनालाई जस्ताको त्यस्तै स्वीकार्दैछ भन्ने हो भने, यसको अर्थ हो– ऊ आफ्नो पूर्ण अक्षमता स्वीकार गर्दैछ । मलाई लाग्छ युक्रेनबारे यति लामो समयसम्म उन्माद फैलाएपछि उनीहरू पदच्युत हुनेछन् । युरोपेली सङ्घका लागि यो अपमानजनक प्रतिष्ठामाथिको गम्भीर धब्बा हो । त्यसपछि सबै फेरिनेछ । त्यस्तो अवस्थामा म्याक्रोन, मर्ज र स्टार्मरहरूमाथि महाभियोग लाग्नेछ र पदबाट हटाइनेछन् । जेलेन्स्कीका लागि पनि यो अन्त्य हुनेछ किनभने उनले युक्रेनी समाजका लागि अस्वीकार्य—रुसविरोधी भावना (रुसोफोबिया) र नव–नाजीवादद्वारा उत्तेजित सिद्धान्तहरू स्वीकार गरे । उनी हटाइनेछन्, मारिनेछन् वा देश छोड्न बाध्य हुनेछन् । उनलाई पुनः कसैले निर्वाचित गर्ने छैन ।

यसरी हेर्दा, रणनीतिक रूपमा राष्ट्रपति जेलेन्स्की र युरोपेली सङ्घका देशहरू हालको अवस्था जस्ताको त्यस्तै कायम रहोस् भन्ने चाहन्छन् । जुन सर्तहरूका आधारमा युद्धविराम सम्पन्न हुन सक्छ, त्यस्ता सर्तहरूमा युद्धविराम नहोस् भन्ने चाहन्छन् । ट्रम्पले के पनि बुझ्छन् भने युद्धविराम केवल हाम्रा सर्तहरूमा मात्रै हुन सक्छ, अन्य कुनै सर्तमा होइन । किनकि यी सम्झौताहरूमा केवल एउटा अल्पविराम थपिदिनु वा कुनै सानो मोड दिनु मात्र पर्याप्त हुन्छ र त्यसपछि कुरा तपशीलमै सकिन्छ । म त के पनि ढुक्क छैन भने हामी वास्तवमै यी सम्झौताहरू चाहन्छौँ वा चाहँदैनौँ । हामी केही निश्चित नियमहरू पालना गर्छौँ । हामी वार्ताका लागि आफ्नो इच्छाशक्ति र तर्कसङ्गतता प्रदर्शन गर्छौँ ।

तर समस्या के हो भने अब हामी यसप्रति वास्तवमै चासो राख्दैनौँ । ट्रम्प के कुरामा चासो राख्छन् भने युक्रेन हामीबाट स्वतन्त्र होस् र पश्चिममाथि पूर्ण रूपमा निर्भर रहेको सार्वभौमिक इकाइका रूपमा रहोस् । यो सोच उनका लागि गलत होइन । तर उनी के पनि जान्दछन् भने यो कुरा त्यतिबेला मात्रै लागू हुन्छ, जब हाम्रा मागहरू कडाइका साथ पूरा गरिन्छन् । किनभने हाम्रा मागहरू आफैँमा सुरुवातमै एक प्रकारका सम्झौताहरू समावेश छन् । किनभने यति धेरै बलिदानपछि यो किन स्वीकार गरेको हो भन्नेबारे हामीले आफ्नो जनतालाई भन्नु पर्ने हुन्छ । मेरो विचारमा यसले अत्यन्तै असहज आन्तरिक समस्याहरू उत्पन्न गर्नेछ ।

यो वार्ता युक्रेनका लागि समाप्ति होइन, तर यी विशेष व्यक्तिहरूका लागि समाप्तिको दिन हो । यो युरोपका लागि पनि समाप्ति हुनेछैन ।

त्यसैले हामीलाई पूर्ण विजय आवश्यक छ । र, हामी विजयतर्फ नै लम्किरहेका छौँ । हाम्रो राष्ट्रपतिले धेरै पटक यो नै हाम्रो मुख्य योजना हो भनेर भनिसक्नुभएको छ । रणनीतिक दृष्टिकोणबाट हेर्ने हो भने ट्रम्प यस युद्धलाई रोक्न चाहन्छन् र वास्तवमै हाम्रो विजयलाई विफल पार्न चाहन्छन् । उनले के पनि जान्दछन् भने हामीले सशक्त आक्रमण गर्न लागेको बेलामा हामीलाई रोक्न सके मात्र उनले भनेको हुन सक्छ । सत्य के पनि हो भने युरोपेली सङ्घ र जेलेन्स्की वास्तवमै केही कुरा बुझ्दैनन् । त्यसैले उनीहरूसँग दीर्घकालीन रणनीतिक योजना पनि छैन । यी क्षणिक राजनीतिमा आधारित पात्रहरू हुन् ।

यो वार्ता युक्रेनका लागि समाप्ति होइन, तर यी विशेष व्यक्तिहरूका लागि समाप्तिको दिन हो । यो युरोपका लागि पनि समाप्ति हुनेछैन । यो केवल म्याक्रोन, स्टार्मर र मर्जको समेत समाप्ति हुनेछ र त्यससँगै जेलेन्स्कीको पनि समाप्ति हुनेछ ।

अर्थात्, यहाँ हामी विश्वव्यापीतावादी (ग्लोबलिस्ट) अभिजात वर्गको सबैभन्दा कमजोर र नाङ्गो भागबारे कुरा गरिरहेका छौँ, जो आफूलाई रुसद्वारा प्रतिनिधित्व गरिएको बहुध्रुवीय विश्व र विश्वव्यापीतावादबिचको सङ्घर्षको सबैभन्दा खतरनाक राजनीतिक मैदानमा फसेको अवस्थामा पाएका छन् । त्यसैले उनीहरूले हस्ताक्षर गरेका तथा प्रवर्द्धन गरिरहेका परियोजनाहरू र परिस्थितिका बन्धक बनेका छन् ।

अर्को कुरा के हो भने ट्रम्पको युरोपप्रति अहिले अत्यन्तै नकारात्मक दृष्टिकोण बनेको छ । यसको मुख्य कारण यही हो कि उनीहरू उनको बाटोमा अवरोध बनेका छन् । आफ्नै सुरक्षाका लागि मात्रै चिन्तित यी व्यक्तिहरू ट्रम्पको अझ अर्थपूर्ण परियोजनालाई मन्द बनाउन कोशिस गरिरहेका छन् । उनीहरूले कुनै पनि रणनीति योजना पछ्याउने चाहना नराखी केवल आफ्नै स्वार्थमा केन्द्रित भएर पूर्ण रूपमा सिजोफ्रेनिक र उन्मादीहरूले जस्तै व्यवहार गरिरहेका छन् । यसले ट्रम्पलाई साँच्चिकै अत्यन्तै झर्को महसुस गराइरहेको छ । मेरो विचारमा, हामीले यस घटनालाई अत्यन्त सावधानीसहित आशावादी भएर हेरिरहेका छौँ । युरोपेलीहरूले आफैँले यी सम्झौताहरूलाई विफल पार्न सफल हुनेछन् । त्यसपछि उनीहरूले आफ्ना ‘ड्याडी’ ट्रम्पसँग सामना गर्नुपर्नेछ । साथै हामी हाम्रो योजनाबद्ध रणनीतिअनुसार अगाडि बढ्नेछौँ ।

  • हामीसम्म आइपुगेको सार्वजनिक वक्तव्यले पनि यस कुराको पुष्टि गर्छ । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसका अनुसार, अमेरिकाबाट रसियामा गएका व्यक्तिहरू त्यस्तो वार्ताका प्रतिनिधिमण्डल होइनन्, जसलाई हामी हेर्न चाहन्थ्यौँ । डोनाल्ड ट्रम्पले हालै जी–सेभेनको विकल्पबारे एउटा वक्तव्य दिएका छन्, जसले ठूलो हलचल मच्चाएको छ । उनका अनुसार नयाँ विश्व व्यवस्थाको निर्णय गर्ने नयाँ सी–फाइभ सङ्गठन हो । जी–सेभेन जस्तो सशक्त संरचनालाई त्यागेर जी–फाइभ अघि बढ्न सक्ने विकल्प कत्तिको यथार्थपरक छ ?

जी–सेभेन कुनै पनि अर्थमा अजरअमर संरचना होइन; यो केवल विश्वव्यापीतावादी विचारधाराका समर्थकहरूको एउटा क्लब मात्र हो । जो आफ्नो घेराभित्र निरन्तर भेला हुन्छन्, उनीहरू यस्ता बैठकहरूमा आफ्ना निश्चित स्वार्थका विषयहरूबारे निर्णय लिन्छन् । वास्तविकता के हो भने, हाल अमेरिकी नेतृत्वद्वारा छलफलमा रहेको सी–फाइभ परियोजनाका विषयमा ट्रम्पले अझै कुनै आधिकारिक बयान दिइसकेका छैनन् । यो पूर्णतया ‘मागा’ (MAGA) परियोजना हो । यो उनीहरूको आफ्नै परियोजना हो । साथै यो त्यस्तो परियोजना हो, जसलाई म ‘महाशक्तिहरूको व्यवस्था’ भन्न रुचाउँछु । यो वाक्य वा पदावली पनि अहिले स्थापित भइसकेको छ ।

महाशक्तिहरूको परियोजना के हो ? यो बहुध्रुवीयताको परियोजना हो, जुन भविष्यका लागि मात्र होइन, वर्तमानको सत्यता पनि हो । उदाहरणका लागि, ब्रिक्समा रुस, चीन र भारतजस्ता पूर्ण रूपमा सभ्यतागत आकार लिएका राष्ट्रहरू समेटिएका छन् । साथै, यसले विश्वका अन्य राष्ट्रहरू, जुन पूर्ण रूपमा विकसित सभ्यतागत आकार लिएका छैनन् तर सभ्यतागत ध्रुव बन्ने प्रक्रियामा छन्, तिनलाई पनि समावेश गरेको छ । यस्ता सभ्यताहरू जस्तै इस्लामी विश्व, अफ्रिकी सभ्यता र ल्याटिन अमेरिकी सभ्यता जो अहिले नै अस्तित्वमा छन् तर, अझै पूर्ण रूपमा एकीकृत र सुदृढ भइसकेका छैनन् ।

अहिले मागा अर्थात् ट्रम्पका समर्थकहरू, जो नयाँ–रूढिवादी वा विश्वव्यापीतावादी हैनन्, बरु ‘अमेरिकालाई पुनः महान बनाउने’ विचारका कट्टर अनुयायीहरू हुन्, उनीहरू के मान्छन् भने अहिलेसम्म महान बन्न नसकेका राज्य र सभ्यताहरूलाई समावेश गर्नु आवश्यक छैन ।

ब्रिक्समा यी सभ्यताहरू भविष्यमा पूर्ण सभ्यतागत आकार लिने सम्भावनाका रूपमा प्रतिनिधित्व गरिएका छन् । यदि तिनीहरूले आफ्ना विशाल भौगोलिक क्षेत्रहरूमा एकीकरण प्रक्रिया सफलतापूर्वक पूरा गरे भने, तिनीहरू पनि हामीले देख्न खोजेजस्तो बहुध्रुवीय विश्वका शक्तिशाली ध्रुवहरू बन्नेछन् । हामी चाहन्छौँ कि बहुध्रुवीयता यही स्वरूपको होस् । जहाँ सबै सभ्यताहरू समान रूपमा, सन्तुलनमा र स्वतन्त्र विषयका रूपमा प्रतिनिधित्व गरून् । यही बहुध्रुवीयताको मानवीय र भविष्यतर्फ उन्मुख परियोजना हो ।

अहिले मागा अर्थात् ट्रम्पका समर्थकहरू, जो नयाँ–रूढिवादी वा विश्वव्यापीतावादी हैनन्, बरु ‘अमेरिकालाई पुनः महान बनाउने’ विचारका कट्टर अनुयायीहरू हुन्, उनीहरू के मान्छन् भने अहिलेसम्म महान बन्न नसकेका राज्य र सभ्यताहरूलाई समावेश गर्नु आवश्यक छैन । हामीले ती पहिलेदेखि नै अस्तित्वमा रहेका र महान रहेकालाई मात्र लिनु वा स्वीकार्नुपर्छ । अमेरिकी मागा रणनीतिकारहरूका अनुसार, यस्ता पाँचवटा राज्य/सभ्यताहरू छन् । जसमध्ये चारवटा स्पष्ट रूपमा महान मानिन्छन्– अमेरिका, रुस, चीन र भारत । यी निरपेक्ष सभ्यतागत राष्ट्रहरू हुन् । आफ्नो स्थितिलाई सन्तुलनमा राख्न वा अझ सुदृढ बनाउनका लागि उनीहरूले जापानलाई समावेश गरिरहेका छन् ।

जसलाई स्यामुएल हन्टिङ्टनको परियोजनामा पनि एक सभ्यतागत राज्यका रूपमा नाम दिइएको थियो । मूलतः जापानलाई बौद्ध सभ्यताको एक स्तम्भका रूपमा यस्ता वैश्विक भेक्टरहरूको सङ्ख्या सन्तुलनमा राख्नका लागि लिइएको हो । रुस र चीनको एक पक्ष हो साथै हाम्रो ऐक्यबद्धता तथा हाम्रो गठबन्धनप्रति कसैलाई पनि कुनै किसिमको शङ्का छैन । अब अर्को सर्त जापानी सभ्यतासहित संयुक्त राज्य अमेरिका पनि उपस्थित छ । जसले अहिले उसलाई प्रस्ताव गरिँदै आएको भूमिकालाई अझै पूर्ण रूपमा बुझेको छैन र यो त्यस्तो अवस्था हो, जहाँ जापानले दशकौँसम्म पूर्ण रूपमा अमेरिकी अधीनतामा समय बिताएको छ । तथापि, जापानसँग यसका लागि आवश्यक पूर्वाधारहरू विद्यमान छन् । यद्यपि ती अझै भ्रूणावस्थामै छन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यस चित्रमा भारतको भूमिका अत्यन्तै महत्त्वपूर्ण देखिन्छ । भन्नुपर्दा, भारत यहाँ एक प्रकारको केन्द्रबिन्दु वा सन्तुलनको धुरी बनेको छ । किनकि भारतको हामीप्रति सकारात्मक र सौहार्दपूर्ण दृष्टिकोण छ । त्यस्तै अमेरिकाप्रति पनि निकै राम्रो दृष्टिकोण राख्छ । तर त्यसका साथै उसले आफ्नै स्वतन्त्र मार्ग र नीतिगत दिशालाई निरन्तर रूपमा पछ्याइरहेको छ ।

यसरी हामी यस्तो संरचना प्राप्त गर्छौं, जसलाई संसारले वास्तविक रूपमा यथार्थपरक रूपमा हेर्छ । आजको विश्वमा यी नै अस्तित्वमा रहेका शक्ति–केन्द्रहरू हुन् । सी–फाइभ परियोजनाले तिनलाई मान्यता दिन प्रस्ताव गर्छ । यो ब्रिक्स जस्तो भविष्यतर्फ निर्देशित बहुध्रुवीयता होइन । बरु वर्तमान यथास्थितिको निरन्तरता मात्र हो । यी पाँचको समूहभित्र पर्याप्त मात्रामा वैमनस्यता विद्यमान छ । किनकि तीमध्ये प्रत्येक सार्वभौम राष्ट्र हुन् । तीमध्ये जापान तुलनात्मक रूपमा कम सार्वभौम छ । यसले निश्चय नै विश्वव्यापीकरण र एकध्रुवीय विश्व व्यवस्थाको पूर्णतः स्थिर अन्त्य र विघटनलाई जनाउँछ । बहुध्रुवीयताको पुष्टि तथा मान्यतालाई स्थापित गर्छ । साथै यस परियोजनाबाट बाहिर परेका युरोपेली विश्वव्यापीतावादी अभिजात वर्गलाई विस्मृतिमा धकेल्छ । निस्सन्देह, यो एक अत्यन्तै परिवर्तनकारी दृष्टिकोण हो ।

सबैभन्दा महत्त्वपूर्ण कुरा यो कुनै नवरुढीवादी परियोजना होइन । किनभने नवरुढीवादीहरू दक्षिणपन्थी विश्वव्यापीतावादको अर्को संस्करण हुन् । जसले एकध्रुवीय विश्वको आवश्यकता पनि पुष्टि गर्छन् । यिनीहरूले बल प्रयोग गरेर लोकतन्त्र र पश्चिमी मूल्यमान्यताहरू प्रवर्द्धन गर्नु आवश्यक छ भन्ने दृष्टिकोण राख्दछन् । यिनीहरू विश्वव्यापीतावादीहरू जस्तै हुन् । विश्वव्यापीतावादीहरू र नवरुढीवादीबिचको भिन्नता भनेकै तिनीहरू भिन्न–भिन्न तरिकाहरू प्रयोग गरेर विश्वव्यापी साम्राज्य, विश्व सरकार निर्माण गर्न चाहन्छन् ।

केही रूपमा अधिक आर्थिक र विचारधारात्मक रूपमा रुसमा प्रतिबन्ध लगाउनुका साथै विभिन्न प्रकारका चरमपन्थी आन्दोलनहरू, जस्तै एलजीबीटीआईक्यू, अवैध प्रवासी, नारीवादी, आदिको प्रसारमार्फत गतिविधि गर्ने दक्षिणपन्थी विश्वव्यापीतावादी हुन् । दक्षिणपन्थी विश्वव्यापीतावादी र नवरुढीवादीहरूले पेन्टागनलाई प्रत्यक्ष हतियार आपूर्ति गर्न र सैनिक अड्डाहरूमा निर्भर रहन प्रस्ताव राख्छन् ।

नवरुढीवादीहरू र विश्वव्यापीतावादीहरू दुवै कोर–फाइभ भन्ने मूल परियोजनाका कट्टर विरोधी हुन् । किनकि यसले केवल जी–७ लाई अन्त्य मात्र गर्दैन बरु यो पूर्ण रूपमा फरक यथार्थवादी विश्वव्यवस्थासँग सम्बन्धित छ । कोर–५ भनेको वर्तमानमा अस्तित्वमा रहेको संरचना हो । यही संरचनामा विश्वका सबैभन्दा गम्भीर समस्याहरूबारे छलफल गर्न मोडेल निर्माण गर्ने प्रस्ताव वास्तवमा ती विश्वव्यापी समस्याहरू समाधान गर्ने प्रभावकारी उपाय हो । किनकि आज सबै महादेशहरूमा मौलिक सुरक्षासम्बन्धी प्रश्नहरू वास्तवमै अमेरिका, रुस, चीन र भारतमा निर्भर छन् । ठीक छ, उनीहरू निराश नहोऊन् भनेर जापानलाई पनि थपौँ ।

संसारका सबै महादेशहरूमा रहेका आधारभूत सुरक्षासम्बन्धी प्रश्नहरू वास्तवमा उनीहरूमै निर्भर छन् । यी नै विश्वशक्ति हुन् र संसारको भाग्य उनीहरूबिचको आपसको छलफलबाट निर्णय गर्नुपर्छ । यस्तो सन्दर्भमा युरोप के हो ? विश्वव्यापीतावादीहरू को हुन् ? र अरू सबै के हुन् ? सामान्यतया यसप्रति कसैको खास चासो छैन । हाम्रो भने यसप्रति चासो छ । तर ट्रम्पलाई त्यति चासो छैन । त्यसैले, यस अवस्थामा हामी कोर–५ भित्र रहेका देशहरूको सम्पूर्ण मानवताको, सम्पूर्ण ब्रिक्सको प्रतिनिधि हुनेछौँ । भारत र चीनसहित किनभने ब्रिक्स हामीले उनीहरूसँग मिलेर स्थापना गरेका हौँ ।

सुरुमा यसको नाम केवल रिक थियो– रुस, भारत, चीन । पछि ब्राजिल थपियो र ब्रिक बन्यो; त्यसपछि दक्षिण अफ्रिका थपिएपछि ब्रिक्स बन्यो । यसरी नै हामीले सुरुवात गर्‍यौँ । यो अत्यन्तै महत्त्वपूर्ण र आधारभूत कुरा हो । अमेरिका पश्चिमी राष्ट्रहरूसँग एक्लै सामना गर्न बाध्य हुनेछ ।

पिस्टोरियसले भन्न खोजेको कुरा के हो ? जर्मनीको सैनिक शक्ति सन् १९४५ यता अस्तित्वमै छैन । जर्मनी केवल नाटोको एक हिस्सा हो । नाटोको पुनर्निर्माण आधार हो र नाटो भनेको व्यावहारिक रूपमा मूलतः अमेरिका नै हो । जर्मनी र युरोप वास्तवमा अस्तित्वमै छैनन् । यस अर्थमा, नाटो व्यावहारिक रूपमा अमेरिका मात्र हो, क्षेत्रीय रूपमा थोरै मात्र टर्कीको सहभागिता छ । र, बाँकी सबै शून्य बराबर छ । यदि त्यहाँ कोही असन्तुष्ट छ भने पिस्टोरियस होस् वा सम्भवतः जेलेन्स्की । यी व्यक्तिको त विचार नै सोधिँदैन ।

त्यसैले, अब हेरौँ मागा समर्थकहरू यो परियोजनालाई अघि बढाउन कति सफल हुन्छन् । सबै कुरा अब हाम्रो अगाडि छ । निकट भविष्यमा मलाई लाग्छ, हामी यो गर्न सक्छौँ ।

  • अर्को विषयमा प्रवेश गर्नुअघि म एउटा समाचारमा तपाईंको ध्यान आकर्षित गर्न चाहन्छु । यो विषय हालैका अभिव्यक्तिहरूसँग सम्बन्धित छ । जसमा राष्ट्रपति जेलेन्स्कीका भनाइहरू तथा विभिन्न पश्चिमी मुख्यधाराका सञ्चारमाध्यमहरूका रिपोर्टहरू समावेश छन् । हामी यहाँ शान्ति योजनाका विभिन्न बुँदाहरूबारे कुरा गरिरहेका छौँ । विशेष रूपमा, युक्रेनले युरोप र संयुक्त राज्य अमेरिकाबाट स्पष्ट तथा निस्सन्देह सुरक्षा प्रत्याभूति प्राप्त हुने हो भने हामी नाटोमा सामेल नहुने कुरालाई प्राविधिक रूपमा स्वीकार गर्न तयार रहेको भनेर बताएको छ । के हामी वास्तवमै यही दिशामा अगाडि बढिरहेका छौँ ?

वास्तवमा युक्रेनमा भइरहेको युद्ध हामी र संयुक्त राज्य अमेरिकाबिच लडिँदै आएको छ, जसको सेवा युरोपेलीहरूले गरिरहेका छन् भने साधन युक्रेनी जनता हुन् । उनीहरूले पूर्ण रूपमा आफ्नो मानवीय मूल्य गुमाइसकेका छन् । साथै उनीहरूलाई मानवीय संवेदनहीन एक प्रकारका उन्मत्त अप्टिमस रोबोटहरूमा परिवर्तित गरिएको छ । यिनीहरू मानिस होइनन्, ड्रोनहरू हुन् । उनीहरूले आफू केका लागि लडिरहेका छन् र कसका विरुद्ध लडिरहेका छन् ? भन्नेसम्म चेतना गुमाइसकेका छन् । युक्रेनी जनतालाई सशक्त रूपमा पूर्ण रूपमा कब्जा गरिएको छ । उनीहरूलाई जैविक रूपमा ह्याक गरिएको छ ।

निस्सन्देह अमेरिकन विश्वव्यापीतावादी शक्तिहरूले हाम्रो विरुद्ध सुरु गरेको र उक्साएको यस युद्धको पृष्ठभूमिमा विभिन्न तहका मध्यस्थकर्ता तथा अपराधी मतियारहरू पनि रहेका छन् । जेलेन्स्की पनि यस्तै पात्रहरूमध्ये एक हुन् । यस प्रक्रियामा उनी एउटा पाङ्ग्रा र एउटा एल्गोरिदम मात्र हुन् । उनी कुनै स्वतन्त्र शक्ति होइनन् । केवल एउटा माध्यम मात्र ।

यसरी नै ट्रम्प अहिले आएर यस युद्धबाट बाहिरिन चाहन्छन् । यदि ट्रम्प यसबाट पछि हटे भने हामी यो युद्ध तुलनात्मक रूपमा छिट्टै जित्नेछौँ । किनकि, अमेरिकासँग युद्ध गर्नु अत्यन्त कठिन र गम्भीर विषय हो किनभने अमेरिका अझै पनि अत्यन्त शक्तिशाली सैन्य, आर्थिक र राजनीतिक शक्ति हो । अमेरिकाबिना, हामी यो युद्ध सजिलै मात्र होइन अत्यन्तै सजिलै जित्नेछौँ । हामी कतिसम्म भन्न सक्छौँ भने सम्झौताबिनै युक्रेन रुसको हिस्सा बन्नेछ ।

यदि ट्रम्पले यो कुरा बुझ्छन् र यसलाई रोक्न चाहन्छन् भने जेलेन्स्कीले पनि सम्भवतः यो कुरा सजिलोसँग बुझ्छन् । अन्ततः उनलाई राम्रोसँग थाहा छ– युद्ध गर्ने उनी स्वयं होइनन्, अमेरिका हो । त्यसैले उनी ‘ट्रम्प, म लडाइँ रोक्न चाहन्नँ’ भन्न सक्दैनन् । त्यसैले उनले कुनै न कुनै रूपमा ट्रम्पका अघिल्तिर आफूलाई सेवक वा आश्रित टट्टुका रूपमा प्रस्तुत गर्नै पर्छ ।

मेरो विचारमा, अब जेलेन्स्कीले लगभग उनका लागि प्रायः असम्भव काम गर्नुपर्ने अवस्था आएको छ । एकातिर, उनले ट्रम्पलाई उनको शान्ति योजनासँग सहमत रहेको र समग्र रूपमा आज्ञाकारी रहेको देखाउनुपर्छ । जब उनका तत्कालीन उच्चाधिकारी उनीभन्दा केही कदम माथि छन् तब उनी कसरी आज्ञा नमान्न सक्छन् ? अर्कोतिर, उनलाई यो कुरा स्पष्ट रूपमा थाहा छ कि यसले उनको राजनीतिक जीवनको अन्त्य गर्नेछ । त्यसैले उनको उद्देश्य यस्तो तरिकाले शान्ति सम्झौताहरू अवरुद्ध गर्नु हो कि जसको जिम्मेवारी उनीमाथि नआओस् र दोष पनि उनीमाथि नलागोस् ।

मेरो विचारमा, उनी यी वार्ताहरूलाई विफल पार्न नै लक्षित छन् । उनले सबैतिर विभिन्न प्रकारका सर्तहरू अघि सारिरहेका छन् । अमेरिकालाई आफ्नो मुख्य शक्ति केन्द्रका रूपमा कायम राख्नु उनका लागि अत्यन्तै महत्त्वपूर्ण छ । त्यसबिना उनी निस्सन्देह समाप्त हुन्छन् । अन्ततः सबै कुराको विश्लेषण गर्दा यही निष्कर्षमा पुगिन्छ । जेलेन्स्की आफ्नै अस्तित्व जोगाउन प्रयासरत छन् । तर, उनका लागि केही सीमाहरू छन्, जसलाई उनी पार गर्न सक्दैनन् ।

संयुक्त राज्य अमेरिकाको उपस्थिति बिना युक्रेनमा युद्ध जारी राख्नु हाम्रा लागि पूर्ण सम्भव तथा सरल काम हो । यस्तो अवस्थामा हाम्रो पूर्ण विजय सुनिश्चित छ । प्रश्न केवल समय र खर्चको मात्र रहन्छ । तर युक्रेनमा अमेरिकाको पूर्ण संलग्नतासहित द्वन्द्व जारी रहनु गुणात्मक रूपमा फरक र अझ जटिल अवस्था हो । यस अवस्थामा पनि हामी लड्न सक्षम छौँ । हामी लडिरहेका छौँ । साथै हामी निश्चय नै विजय हासिल गर्नेछौँ ।

उनले आफ्ना मालिकहरूले तोकेका कार्यहरू कडाइका साथ पूरा गरेका छन् । अवश्य पनि, अहिले आएर उनको नेतृत्व केन्द्रमा केही कठिनाइहरू देखा परेका छन् । सम्पूर्ण पश्चिमी संसारका प्रमुख निर्णायकहरू परिवर्तन भएका छन् । नयाँ नेताका आफ्नै दृष्टिकोणहरू छन्, तर उनका पूर्ववर्तीहरू र अधीनस्थहरू यथास्थानमै रहेका छन् र केहीले दिशाहीनता प्रदर्शन गर्न सक्छन् । ओबामाको हालैको लन्डन भ्रमणलाई स्मरण गरौँ । जहाँ उनले जेलेन्स्की र स्टार्मरसँग वार्ता गरे । यो पनि उनको एक युरोपेली एजेन्टहरू र ग्राहक वर्गलाई व्यवस्थापन गर्ने प्रयास हो । उनले पनि डोनाल्ड ट्रम्पको विश्वास गुमाइसकेका छन् ।

यो अवस्था प्रणालीगत रूपमा अत्यन्तै जटिल तथा गहन छ । यस सन्दर्भमा जेलेन्स्कीले तर्कसङ्गत व्यवहार गरिरहेका छन् । उनी व्यक्तिगत रूपमा आफ्नै हितका लागि प्रयासरत छन् । आफ्ना नियोजकहरूका लागि पनि तर्कसङ्गत छन् र सारमा, ट्रम्पलाई अनावश्यक रूपमा नचिढ्याउने वा खुसी पार्ने कोसिस गरिरहेका छन् । समग्रमा भन्नुपर्दा, उनले आफूले निर्देशनबमोजिमको कार्य पूरा गरिरहेका छन् । तर, उनका पनि केही सीमितताहरू छन् ।

म के विश्वास गर्छु भने यसै कारणले हामीले युद्धविरामको प्रस्ताव राखेका थियौँ । हामी आफैँ पूर्ण रूपमा सन्तुष्ट नभएको प्रस्ताव किन अगाडि बढायौँ ? यसको कारण के हो भने अमेरिकासँग युद्धमा जाने हाम्रो कुनै चाहना छैन । युक्रेनमा अमेरिकासँग लड्नु हाम्रा लागि अत्यन्तै कठिन हुनेछ । हामी निश्चय नै जित्नेछौँ । तर कुनै पनि क्षण परमाणु प्रहार–प्रतिप्रहारतर्फ अघि बढ्ने र एक प्रकारको प्रलय निम्त्याउने ठूलो जोखिम रहन्छ । यो कुरा हामी, हाम्रा विरोधी र सबैलाई राम्ररी थाहा छ ।

अर्को कुरा के हो भने युक्रेन बिना हाम्रो अस्तित्व रहँदैन र हाम्रो अस्तित्व बिना संसारमा कसैको पनि अस्तित्व रहने छैन । यी नै, सामान्यतया हाम्रा सीमा–सर्तहरू हुन् । हामी यो लक्ष्यतर्फ निरन्तर, आत्मविश्वासका साथ र स्पष्ट रूपमा अघि बढिरहेका छौँ ।

  • सन् २०१४ देखि हालसम्मको सङ्घर्ष क्षेत्रमा ३० भन्दा बढी रुसी युद्ध संवाददाताहरूले आफ्नो जीवन गुमाइसकेका छन् । युद्धभूमिमा रिपोर्टिङ गर्न जाने पत्रकारहरूलाई विशेष उपकरण तथा पोसाकको आवश्यकताबारे जानकारी दिइन्छ किनभने अन्तर्राष्ट्रिय मापदण्डअनुसार पत्रकार कुनै लडाकु होइनन् र सिद्धान्ततः उनीहरूमाथि बमबारी गरिनु हुँदैन । तर, मैले बुझेअनुसार, आजको यथार्थमा यो सिद्धान्त पूर्ण रूपमा कार्यान्वयन भएको देखिँदैन ।

तपाईं सही हुनुहुन्छ । त्यसैगरी, वर्तमान परिस्थितिमा, पत्रकार दुवै रक्षा र आक्रमणको अग्रपङ्क्तिमा उभिएका पात्र हुन् । उनी अग्रपङ्क्तिमा उभिन्छन् किनभने उनी हाम्रो अनुहार हुन्, उनी शब्द हुन् । हामी अहिले आत्माको युद्ध गर्दैछौँ । फलस्वरूप, उनीहरूको शब्द, उनीहरूको छवि, उनीहरूको साहस, उनीहरूको सन्देश, यी सबैले द्वन्द्वको दिशामा निर्णायक प्रभाव पार्न सक्छ । आजको सूचना क्षेत्रमा, यो सम्भवतः सबैभन्दा महत्त्वपूर्ण स्रोतहरू मध्ये एक हो । यद्यपि, पत्रकारिता केवल सूचना मात्र होइन, यो गहन व्यक्तिगत भाग्य पनि हो । जो व्यक्ति आफ्ना विचार व्यक्त गर्न र व्यक्तिकृत गर्न साहस गर्छ । उनीहरूले मात्र त्यसो गर्न सक्छन् जो साँच्चिकै ती विचारहरूमा विश्वास गर्छन् । यदि यो केवल खेल मात्र हो भने, यसले अपेक्षित प्रभाव पार्ने छैन भन्ने कुरा सबैका लागि स्पष्ट छ ।

त्यसैले, आज हामी जसको स्मरण गर्दैछौँ । आजै मेरी छोरी, दाशा दुगिनाको जन्मदिन पनि हो । जो एक अर्थमा युद्ध संवाददाता पनि थिइन् र निस्सन्देह पत्रकार, बौद्धिक र दार्शनिक थिइन् । ती व्यक्तिहरू मेरा लागि दुःखद घटना र वीरताको प्रतीक बनिसकेका छन् । दाशा (दारिया दुगिना) आज ३३ वर्षकी भएकी हुन्थिन् । तर, उनको हत्या गरियो । उनलाई युक्रेनीहरूले मारिहाले, त्यो अग्रपङ्क्तिमा भने होइन । त्यहाँ घटिरहेका घटनाहरूबारे रिपोर्ट गर्दैगर्दा पनि होइन । मस्कोको झाखारोभोमा नजिक जहाँ उनी शान्तिपूर्ण परम्परागत महोत्सवबाट फर्कँदै थिइन् । उनीहरूद्वारा उनलाई डरपोक, निर्मम तरिकाले मेरै आँखाअगाडि नै हत्या गरियो ।

त्यसैले, मेरा लागि आज दाशाको जन्मदिन मात्र नभई युद्धमा परी मृत सैनिक पत्रकारहरू, सबै युद्ध संवाददाता र सञ्चारकर्मीहरूलाई सम्झने दिन पनि हो । यो मेरो व्यक्तिगत त्रासदी हो । यो शोकको दिन हो ।

केही अर्थमा, उनी नयाँ पुस्ताको प्रतीक बन्ने भएकी छन् । ती साधारण रुसी केटा–केटीहरूको प्रतीक जसले सही क्षणमा भावना र विचारको सबैभन्दा सशक्त मोर्चामा उभिए । दाशा एक दार्शनिक, विचारक थिइन; उनले एक शानदार सम्पदा छोडेकी छन् । हामीले पहिले नै उनका पाँचवटा पुस्तक प्रकाशित गरिसक्यौँ । ती पुस्तकमा उनका पत्रकारितासम्बन्धी लेख, नोभोरोसियामा गरेका यात्राहरूको अनुभव, हाम्रो ऐतिहासिक भूमिमा गरिएको भ्रमणको प्रतिबिम्ब, सीमा, युक्रेन, हाम्रो राज्यको भविष्य र आफ्नो पुस्ताको भविष्यबारेका विचारहरू समावेश छन् ।

‘केहीले अहिलेको समय जुमर पुस्ताको हो भन्ने गरेका छन् । तर चलाख वा तृष्ण जुमर जेनेरेसन त्यो हो, जसले प्लेटो पढ्छ, फ्लोरेन्स्कीलाई चिन्छ, अर्थोडक्स धर्मशास्त्र जान्दछ र ग्रीक दर्शनको अध्ययन गर्छ । उनीहरू ‘जेनेरेसन डी’ हुन्, जसलाई हामी दारिया दुगिनाको पुस्ता भन्छौँ । यो किताब, दर्शन, शिक्षा र विचारहरूको गहिरो संसारमा डुबुल्की मार्ने जुमरहरूको पुस्ता हो । यो नयाँ रुसी पुस्ता हो जो अहिले सिर्जना, विकास र निर्माण भइरहेको छ ।

Aleksandr-Dugin-2

हाम्रो देश जटिल र नाटकीय परिस्थितिहरूमा आफैँलाई परीक्षित गर्दै उदाउँदैछ । र यसमा यो भन्दा फरक पर्दैन कि यी मानिस अहिले अग्रपङ्क्तिमा छन् वा पछाडि छन् तर देशलाई सहयोग गरिरहेका छन् । उनीहरूले यस युद्धलाई आफैँभित्र स्वीकारेका छन् । यसको अर्थ, उद्देश्य, कारणहरूको मर्म बुझेका छन् । यसको गहिराइ अनुभव गरेका छन् । तिनीमध्ये धेरैले आफ्ना आदर्शका लागि जीवनसमेत समर्पित गरेका छन् ।’

म पत्रकार रोस्तिस्लाभ झुरावलेभको कथाबाट प्रभावित भएँ, जो एक असाधारण व्यक्ति हुन् र उनको दाशासँग नजिकको परिचय थियो । उनले मेरियापोलको भ्रमण गरे, जहाँ हाम्रा महान् कलाकार अलेक्सी बेल्याएभ गिन्टोभ्टले दारिया दुगिनाको सडकमा ठूलो भित्तेचित्र निर्माण गरेका थिए ।

रोस्तिस्लाभ यस भित्तेचित्रको अगाडि उभिएर भनेः “म यो शपथ खान्छु, दाशा, तिमीले सुरु गरेको काम जारी रहनेछ । म अग्रिम मोर्चामा जाँदैछु, म तिम्रा पाइला पछ्याउनेछु, तिम्रो साहस, तिम्रा विचार, तिम्रो मुस्कान, तिम्रो सच्चाइप्रति विश्वासी रहनेछु ।” र त्यसपछि उनको पनि हत्या भयो । एक बलिदानले अनिवार्य रूपमा अर्को बलिदानतर्फ लान्छ । एउटा साहसिक कार्य, एउटा पवित्र कार्यले अर्को पवित्र कार्यको ज्वाला बाल्छ । जसले अर्को साहसिक कार्यलाई सम्भव बनाउँछ । यो अत्यन्तै महत्त्वपूर्ण छ ।

जब चार्ली किर्क अमेरिकामा मारिए, केही अमेरिकी पत्रकारहरूले भनेका थिए– किर्कमाथि त्यसै हुन जानेछ जुन दाशा दुगिनामाथि भएको थियो । यदि दाशा रुसका युवाहरूका लागि एक चेतना क्षण बनेकी थिइन्, उनले यो बुझिन् कि उनीहरू को हुन् ? आफ्नो मातृभूमि रुस, वीरता, अर्थोडक्स धर्म र विचारप्रतिको निष्ठाले के अर्थ राख्छ ? उनीहरूले यो दाबी गरे कि दाशाले जस्तैः किर्कले पनि हजारौँ अमेरिकीहरूलाई जागरुक बनाउनेछन् र उनीहरूलाई सोच्न बाध्य पार्नेछन् ।

कर्क पनि एक संरक्षणवादी थिए र उनीहरूको विचारहरू केही हदसम्म एकअर्कामा मिल्दा–जुल्दा थिए । दुवै परम्परागत मूल्यहरूको समर्थक थिए । तर अमेरिकामा यसबाट केही भएन । अर्कोतर्फ, चार्ली कर्कसँग सम्बन्धित सम्पूर्ण कथा जसले हलचल मच्चायो र अमेरिकी रुढिवादीलाई चेतना दियो तर छिट्टै फिस्स भयो । अब त मानिसहरू प्रश्न गर्दै छन्ः ऊ कहाँ दफन छ ? सबै कुरा टुट्यो किनभने चार्ली कर्क निश्चय नै राम्रा व्यक्ति भए तापनि मुटुबाट नगरिएको कुनै पनि काम, केवल औपचारिक रूपमा गरिएको कुनै पनि काम लामो समय टिक्दैन । चार्ली कर्क जस्ता राम्रा व्यक्तिको मृत्यु र हत्या पनि केही परिणाम ल्याएन ।

यद्यपि, पक्कै त्यस्ता मानिसहरू छन् जो सुधारभन्दा पर देखिन्छन् । तर मेरो विश्वास हराएको छैन । हेर्नुहोस्, हामी सबै भगवान्‌द्वारा सिर्जना भएका हौँ । सम्भवतः हामीमा अझै केही मानवीय पक्षहरू बाँकी छन् । त्यसैले, म विश्वास गर्छु कि विशेष सैन्य अपरेसनप्रति मानिसहरूले फरक दृष्टिकोण राख्न सक्छन् । तर यो जवान, सुन्दर, प्रेरित छोरीको मृत्यु, जसले कहिल्यै हातहतियार उठाइनन् र कुनै सङ्घर्षमा भाग लिइनन् । यसले कुनै सभ्य मानिस, विवेकशील र आत्मा भएको व्यक्तिलाई असर गर्न नसक्ने कुरा होइन । यसले राष्ट्रपतिदेखि साधारण मानिससम्म सबैलाई प्रभावित गर्‍यो ।

यसको प्रमाणको रूपमा, राष्ट्रपतिले दाशालाई ‘साहसको आदेश’ले सम्मानित गरे । साधारण मानिसहरू पनि जब मलाई भेट्छन्, अझै आफ्नो सहानुभूति व्यक्त गर्छन् । तीन वर्ष बितिसक्यो, तर उनको स्मृति अझै जीवित छ । हाम्रा हरेक वीर, पत्रकार र सैनिकहरूको सम्झना हाम्रो हृदयमा सधैँ जीवित रहन्छ । यही हाम्रो सशक्त शक्ति हो । विचारहरू महत्त्वपूर्ण हुन्छन् । रक्तरञ्जित विचारहरू अझ बढी महत्त्वपूर्ण हुन्छन् । यी विचारले संसारलाई गतिशील बनाउँछन् ।

त्यसैले पत्रकार वास्तवमा केवल समाचार दिने वा जानकारी दिने व्यक्ति मात्र होइन । पत्रकार युद्धवीर हुन् । मिसनमा जाने वा विचारहरूको दुनियाँमा युद्धमा जाने व्यक्ति हुन् । यदि कसैले यस्तो महसुस गर्छ कि उनीहरू इमानदार छैनन्, कुनै गलत कार्यको लागि काम गरिरहेका छन् भने उनीहरूको विश्वास तुरुन्त हराउँछ । त्यसैले आजका दिनमा हामीले युद्ध संवाददाताहरूलाई सम्झौँः अद्भुत भ्लाद्लेन तातार्स्की, जो दाशाका साथी थिए, रोस्तिस्लाभ झुराव्लेव र अरू सबै, साथै हाम्रा ती सहकर्मीहरू जसको २०१४ मा मृत्यु भयो । हामी ती व्यक्तिहरूलाई पनि सम्झौँ जो अझै जीवित छन् । भगवान्‌ले तिनीहरूलाई दीर्घायु बनाउन् ।

अन्ततः, एक रुसी व्यक्ति, एक अर्थोडक्स क्रिस्चियनको लागि, केवल बाँच्नु आफैँमा लक्ष्य होइन । बाँचिरहनु अझै कम हो । मानवीय गरिमासाथ बाँच्नु पर्छ, आफ्नो अन्तरात्मासँग बाँच्नु पर्छ, सम्मान र गहिराइसाथ बाँच्नु पर्छ, खासमा मानवतापूर्वक बाँच्नु पर्छ । क्राइस्टका लागि, चर्चका लागि, मातृभूमिका लागि बाँच्नु पर्छ । अर्थात्, केवल बाँच्नको लागि होइन, तर केही उद्देश्यका लागि बाँच्नु पर्छ । यदि मानिसहरूलाई जीवनको यस उच्च उद्देश्यसँग समस्या छ भने ती मानिसहरू दयनीय हुन्छन् । त्यसपछि तिनीहरूको जीवन जीवन हुँदैन । केवल अर्थहीन, दैनिकी जस्तो अस्तित्व मात्र हुन्छ ।

रुसी समाज आफ्नो उच्च लक्ष्यतर्फ अघि बढ्दैछ । सायद हामी यसलाई पूर्ण रूपमा महसुस गर्दैनौँ । तर हामी सबैले अन्तर्ज्ञानले महसुस गर्नेछौँ । यसरी हाम्रा पत्रकार र सैनिकहरू, जसले यस मार्गका निम्ति आफूलाई बलिदान गरेका छन् । तिनीहरू निरन्तर आफ्नो अस्तित्व, उपस्थिति र अमरत्वमार्फत हामीलाई यस मार्गबारे उजागर गर्दै छन् । दाशा तिनीहरूमध्ये एक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप