ओलीले भने– पार्टीमा युवा र नयाँ अनुहार
शनिबार, २६ पुस २०८२, १९ : १४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा युवाको सबल प्रतिनिधित्व स्थापित सफल भएको बताएका छन् ।
साथै उनले सबै उमेर समूहको सन्तुलित नेतृत्व महाधिवेशनले निर्वाचित गरेको पनि जनाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत ओलीले पार्टीमा 'युवा र नयाँ अनुहार' भनेका छन् ।
‘पार्टीको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक आज बस्यो । हुन त आजको बैठक दोस्रो हो । आज बैठकमा एकपटक सबै सदस्यको अनुहारमा गहिरिएर हेरेँ– महाधिवेशनले ३३ प्रतिशत नयाँ अनुहारलाई नेतृत्वमा ल्याएको छ, अनि करिब ३४ प्रतिशत नेताहरू ५० वर्षभन्दा कम उमेरका हुनुहुन्छ,’ ओलीले भनेका छन् ।
उनले युवाको सबल प्रतिनिधित्व स्थापित सफल भएका र सबै उमेर समूहको सन्तुलित नेतृत्व महाधिवेशनले निर्वाचित गरेको दाबीसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण