केन्द्रीय सदस्यलाई प्रमाणपत्र बाँडेर सकियो एमाले बैठक
काठमाडौँ । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएको खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन र केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेर नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो बैठक सकिएको छ ।
ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको बैठकले अध्यक्षले राखेको समसामयिक प्रस्ताव पारित गर्दै सकिएको एमाले प्रचार विभाग प्रमुख मीनबादुर शाहीले जानकारी दिए ।
‘समसामयिक विषय, विश्व राजनीतिक परिस्थितिमा छलफल र परामर्श भयो,’ प्रमुख शाहीले भने, ‘खासगरी प्रतिनिधि सभा पुनर्स्थापना, आन्दोलन र निर्वाचनको सिलसिला सँगै अगाडि बढाउने निर्णय गरेको छ ।’
त्यस्तै विश्वस्तरमा देखिएका घटनाक्रमहरूमा क्षेत्रीय र अन्तरार्ष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयन, कुनै पनि देशको सार्वभौमिकतालाई सम्मान गर्न तथा अक्षुण्ण राख्नुपर्नेमा बैठकमा छलफल भएको शाहीको भनाइ छ ।
अध्यक्ष ओलीले बैठकमा राखेको मन्तव्यलाई नै समसामयिक प्रस्ताव मान्दै पारित गरेको एमालेले जनाएको छ । तीन दिन बस्ने भनिएको बैठक कामको प्राथमिकता र आवश्यकताका आधारमा एकै दिनमा सकिएको एमालेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण