युग सुहाउँदो सरकार चाहिएको छ: खरेल
सारांश
- मन्त्री खरेलले नेपाललाई युग सुहाउँदो सरकार चाहिएको बताए।
- उनले डिजिटल प्रविधिको प्रयोग र सक्षम जनशक्तिको उपयोगमा जोड दिए।
- सरकारले 'डिजिटल नेपाल रोड म्याप' ल्याउने र चलचित्रकर्मीलाई जिम्मेवार बनाउने कुरा गरे।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई युग सुहाउँदो सरकार चाहिएको बताएका छन् । शनिबार काठमाडौँस्थित सुकेधारामा युएनए डिजिटल एपमार्फत सञ्चालन हुने ओटीटी प्लेटफर्मको घोषणा गर्न आयोजित कार्यक्रममा मन्त्री खरेलले युग सुहाउँदो सरकार, नेता र राज्य व्यवस्थाले मात्र समृद्ध नेपालको सपना पूरा हुने बताए ।
उनले भने, “नेपालले डिजिटल माध्यमको उपयोग गरेर धेरै काम गर्न सक्छन् । अहिले हाम्रा देशका डिजिटल प्रविधि, ‘आइटी’ का क्षेत्रमा काम गर्ने धेरै सक्षम जनशक्ति अन्य देशका लागि प्रयोग भइरहेका छन् । अब निर्वाचनपश्चात् बन्ने नयाँ सरकार तिनको उपयोगितालाई नेपालमा प्रयोग गर्न सक्ने, हाम्रो देशलाई डिजिटल रूपमा अगाडि बढाउन सक्ने, युग सुहाउँदो हुनुपर्छ ।”
मन्त्री खरेलले सरकारले छिटै नै ‘डिजिटल नेपाल रोड म्याप’ ल्याउने र त्यसले नेपाललाई डिजिटल रूपमा विश्वका अन्य देशसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने जानकारी दिए। उनले चलचित्रकर्मीलाई नै उत्तरदायी बनाउने किसिमले सरकारले काम गरिरहेको जानकारी गराउँदै नियन्त्रण भन्दा पनि नियमनमा ध्यान दिने बताए ।
“चलचित्रकर्मीले ‘सेन्सर’को विषयलाई उठाउने गरेको पाउँछु, तर अब चलचित्र जाँचसम्बन्धी कार्यान्वयनमा आउने कार्यविधिले सरकारले नियन्त्रण होइन नियमन गरेको, सहजीकरण गरेको आभास दिलाउने विश्वास छ । सरकार भनेको सहयोगी र सहजकर्ता हो, त्यसैले स्वयं चलचित्रकर्मीलाई नै जिम्मेवार र जबाफदेही बनाउने हाम्रो प्रयास छ”, मन्त्री खरेलले भने ।
उनले राष्ट्रियसभामा प्रस्ताव गरिएको चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले ऐनको रूप लिएपछि चलचित्रकर्मीले अहिले गुनासो गर्ने समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण