भृकुटीमण्डपमा जुट्दै कांग्रेस कार्यकर्ता (तस्बिरहरू)
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ।
- महाधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्ता बिहानैदेखि भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गर्नेछन्।
- विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ ।
तर कार्यकर्ताहरु भने विहानैदेखि महाधिवेशन स्थलमा भेला हुन थालेका छन् । उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
_fEBO9oHVUp.jpg)
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन गरिएको छ ।
_DdnEpZ7SJ8.jpg)
विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको आयोजक समितिले जनाएको छ ।
_Cs2q9xGNzR.jpg)
_DukHLZH5tm.jpg)
_NL3RzI0aPV.jpg)
_KrcWmVryWl.jpg)
_VdJwGqDu5F.jpg)
_ZMPYqvezVl.jpg)
_tKhD5k4yzv.jpg)
_hDVLuRhDQ7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण