ग्रोकको गल्ती मान्दै एक्सले भारतमा गर्यो ६०० खाता डिलिट
सारांश
- एक्सले भारतमा कानुन अनुसार सञ्चालनको प्रतिबद्धता जनाएको छ र आपत्तिजनक सामाग्री हटाएको छ।
- एक्सले ३,५०० कन्टेन्ट ब्लक गर्नुका साथै ६०० भन्दा बढी खाता हटाएको छ, जसले अश्लील सामाग्रीलाई हटाएको जनाएको छ।
- भारत सरकारले एक्सलाई अश्लील सामाग्री हटाउन निर्देशन दिएको थियो, अन्यथा कारबाही गर्ने चेतावनी दिएको थियो।
नयाँ दिल्ली । माइक्रो ब्लगिङ वेबसाइट एकले आफ्नो गल्ती स्वीकार गर्दै भारतमा कानुन अनुसार सञ्चालनको आश्वासन दिएको छ । सरकारी स्रोतका अनुसार अश्लील र आपत्तिजनक सामाग्रीलाई लिएर विवाद उठेपछि एक्सले कारबाही गर्दै ३ हजार ५०० कन्टेन्ट ब्लक गरेको छ । ६०० भन्दा धेरै खातालाई हटाइएको पनि बताइएको छ ।
प्लेटफर्ममा अश्लील तस्बिर र अभद्र सामाग्री प्रसारलाई लिएर चिन्ता उठेपछि यो कदम चालिएको हो । भविष्यमा यस्ता खालको सामाग्रीलाई प्लेटफर्ममा ठाउँ नदिइने पनि एक्सले आश्वासन दिएको छ ।
घरेलु नियम र कानुनको कठोरतापूर्वक पालना सुनिश्चित गर्न आफ्नो कन्टेन्ट मोडरेशन सिष्टमलाई अरू बलियो बनाउने एक्सको भनाइ छ । एक्सको एआई टूल ग्रोक प्रयोग गरेर अश्लील र यौन रूपमा आपत्तिजनक सामाग्री बनाइएको भन्दै हालै भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिक मन्त्रालयले चिन्ता व्यक्त गरेको थियो ।
जनवरी २ मा, मन्त्रालयले एकसको नाममा निर्देशन जारी गर्दै ग्रोक वा अन्य कुनै पनि माध्यमबाट बनाइएका सबै अश्लील, यौनजन्य र गैरकानूनी सामग्री तुरुन्तै हटाउन भनेको थियो । निर्देशन पालना नगरेमा आईटी ऐन र अन्य सान्दर्भिक कानुनहरू अन्तर्गत कडा कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण